Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज गरेको शिष्टाचार भेटमा उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् । भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनस्र्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत…
Read More
एमालेको महाधिवेशनमा २६ सय १३ प्रतिनिधि सहभागी हुँदै

एमालेको महाधिवेशनमा २६ सय १३ प्रतिनिधि सहभागी हुँदै

मकवानपुर । नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समूह प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने काममा जुटेका छन्। विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउनेमध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आएको बताएका छन्। १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनित हुनेछन्। मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिए। तात्कालीन नेकपा (एस) को ‘घरफर्क अभियान’ बाट आउनेमध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएको उनको भनाइ छ। उीहरुको विषयमा…
Read More
एनपीएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर खेल्दै

एनपीएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर खेल्दै

मकवानपुर । नेपाल प्रिमियर लिग, एनपीएल क्रिकेटको प्लेअफ आजदेखि शुरू हुँदैछ । पहिलो क्वालिफायरमा आज अंकतालिकाको शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्दैछन् । खेल दिउँसो ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ । अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको हो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो । आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको खेल भोलि दिउँसो ४ बजे हुनेछ । आज पराजित हुने टोलीले भोलिको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । भोलि इलिमिनेटरमा जित्ने टोलीले फाइनल…
Read More
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

मकवानपुर । नेपाली बजारमा पहेंलो धातुको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार पहेंलो धातु (सुन) तोलामा एक हजारले घटेको हो। महासंघका अनुसार आज सुन तोलामा एक हजारले घटेर २ लाख ५१ हजार ९ सय कायम भएको छ। आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेर ३६ सयमा कारोबार भइरहेको छ।
Read More
उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

महोत्तरी । सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आफूहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् । “हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर प्रतिक्विन्टल रु ७५० पाउनुपर्छ भन्ने थियो । तर सरकारले मूल्य र अनुदान निर्धारणमा ६९० रुपैयाँ मात्रै निर्धारण गरिदियो”, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने । उनका अनुसार मूल्य र अनुदानसमेत गर्दा गत वर्षभन्दा प्रतिक्विन्टल रु ७० ले बढेको छ । सरकारले सोमबार चिनी उद्योगले दिने मूल्य प्रतिक्विन्टल रु ६२० र सरकारले…
Read More
आज देशभरको मौसम सफा

आज देशभरको मौसम सफा

मकवानपुर । आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ ।
Read More
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बोलाएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो । मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टिबारे पनि छलफल गरिने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने तथा महामन्त्री डा धवलशम्शेर जबराले पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक युवा सहभागिता वृद्धि गर्ने,…
Read More
जेएनजी समूहले हुलाकमार्फत प्रधानमन्त्रीलाई पठाए माग पत्र

जेएनजी समूहले हुलाकमार्फत प्रधानमन्त्रीलाई पठाए माग पत्र

मकवानपुर । जेनजी संयुक्त समूहले दिल्ली बजारस्थित हुलाक कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र पठाएका छन् । सोमबार सो समूहले प्रधानमन्त्री कार्कीलाई मागपत्र पठाएका हुन् । विभिन्न माग राखी तयारी गरिएको माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न नपाएका उनीहरूले आज हुलाकबाट माग पत्र पठाएका हुन् ।
Read More
नक्कली बिल र झुट्टा लेखापरीक्षण : साढे नौ लाख रकम हिनामिना

नक्कली बिल र झुट्टा लेखापरीक्षण : साढे नौ लाख रकम हिनामिना

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको शिवालय गाउँपालिका–१ को चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीमाथि रकम हिनामिनाको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ। आयोगका अनुसार समूहका तत्कालीन अध्यक्ष अमृते दमाई, सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डेले विभिन्न शीर्षकमा आपसी मिलेमतोमा बदनियतपूर्वक रकम दुरुपयोग गरेको प्रमाणित भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो। अनुसन्धानका क्रममा २०७२/७३ र २०७३/७४ का वर्षमा लेखापरीक्षण खर्चका नाममा एक लाख ४० हजार रुिपयाँ निकासा गरिएकोमा वास्तविक खर्च १० हजार रुपियाँ मात्र भएको पाइएको छ। बाँकी एक लाख ३० हजार रुपियाँ व्यक्तिगत हितमा…
Read More
शेयर बजार घट्यो

शेयर बजार घट्यो

मकवानपुर । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २ अङ्कले घटेर २ हजार ६ सय ६ दशमलव ६७ विन्दुमा झरेको छ । नेप्से लगातार छैटौं कारोबार दिन घटेको हो । आज जलविद्युत्, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ४७ वटा कम्पनीको शेयर घटेकोमा ९९ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव १६ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.