Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
विद्युत प्रसारण लाइन विस्तारमा कोहलपुरका स्थानीयको अवरोध

विद्युत प्रसारण लाइन विस्तारमा कोहलपुरका स्थानीयको अवरोध

मकवानपुर । ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले लाइन विस्तारमा अवरोध गरेका छन् । लाइन विस्तार गर्दा स्थानीयहरूलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गरेको उनिहरुको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले पिप्रहवादेखि कोहलपुरस्थित सव–स्टेशनसम्म पोल गाड्ने काम गरिरहेको छ । काम भइरहेको समयमा कोहलपुरस्थित पिपिरी क्षेत्रमा स्थानीयले अवरोध गर्दा पोल विस्तारको काम रोकिएको छ । कोहलपुर–९ का स्थानीय इन्द्र गौतमले लाइन विस्तारगर्दा स्थानीय नागरिक र स्थानीय सरकारसँग समन्वय नगरिएको बताउनुभयो । उहाँले विकास गर्नु राम्रो काम भए पनि सम्बन्धित पक्षले समन्वयबिना नै काम गरेको जनाउँदै माग पूरा नभएसम्म काम…
Read More
प्रेमी अमिन शाहीले गरे  विमलाको हत्या

प्रेमी अमिन शाहीले गरे विमलाको हत्या

मकवानपुर । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाकी विमला शाहीको हत्या भएको खुलेको छ। यही कात्तिक २३ गते बिहान १ बजे सुतेको कोठामा मृत भेटिएकी २४ वर्षीया विमला शाहीको हत्या भएको खुलेको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर सुनारले १९ वर्षीय प्रेमी अमिन शाहीले विमलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए। विदेश जाने कुरा जानकारी पाएपछि अमिनले विमला हत्या गरेको खुलेको हो। विमला हत्या आरोपमा पक्राउन परेका अमिने प्रहरीसँगको बयानमा विमला विदेश जाने जानकारीपछि रिसले कोठामा गएर सिरानीले मुख छोपेर हत्या गरेको स्वीकार गरेका हुन्। विमला बिवाहित हुन्। विमलाका श्रीमान विदेशमा बस्दै आएका छन्। विवाह गरेको दुई महिनामा…
Read More
आज दल दर्ता गर्ने अन्तिम दिन

आज दल दर्ता गर्ने अन्तिम दिन

मकवानपुर । आगामी फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आइतबार सकिँदैछ। शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए। हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन्। श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलको मान्यता पाएका छन्। यस्तै १० वाम दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि दल दर्ताको प्रमाणपत्र लिइसकेको छ। यस्तै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ। यस्तै निर्वाचन घोषणापछि दुई राजनीतिक दलबाट विभाजित भएर दुई नयाँ दल थपिएका छन्। जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएको छ । त्यस्तै, नेपाल जनमुक्ति पार्टीबाट विभाजन…
Read More
सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

मकवानपुर । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा छ हजार नौ सय रुपियाँले गिरावट आएको छ । आज एक तोला सुनको मोल दुई लाख ४२ हजार आठ सय रुपियाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार सात सयमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि रु. १५० ले घटेको छ । आज चाँदी प्रतितोला रु. तीन हजार १३५ मा कारोबार भइरहेको छ । गत…
Read More
२० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ

२० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ

मकवानपुर । कैलालीमा २० ग्राम ६१० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट चेकजाँचका क्रममा २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित चार वटा मोटरसाइकल र ९ जनालाई नियन्त्रणमा लिएको हो । धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकमा चेकजाँचका क्रममा डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने ३५ वर्षीय गणेशबहादुर डाँगीसहित तीन जनालाई पक्राउ गरेको छ । उनले चलाएको म२प ३१०७ नम्बरको मोटरसाइकल र पछाडि सवार डोटीको जोरायल गाउँपालिका-२ बस्ने २० वर्षीया डम्मरी भण्डारी र डडेल्धुराको आलीताल गाउँपालिका-३ बस्ने ३० वर्षीय डम्मर बोहरा रहेका छन् । उनीहरूको साथबाट ९ ग्राम २९०…
Read More
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए :  कोदोको  बिस्कुटको माग उच्च

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : कोदोको बिस्कुटको माग उच्च

मकवानपुर । यहाँ उत्पादन हुने कोदोको परिकारको विविधीकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिँडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । “पहिलेपहिले कोदोखेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो”, उहाँले भन्नुभयो, “स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि…
Read More
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मकवानपुर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको…
Read More
भीमफेदीमा मोटरसाइकल दुर्घटना,दुई जनाको मृत्यु

भीमफेदीमा मोटरसाइकल दुर्घटना,दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०/५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार घटनास्थलमै मृत्यु भएका दुबै जनाको पहिचान खुल्न बाँकी रहेको छ । उहाँका अनुसार घटना शनिबार राति भएको हो । आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेको र दुर्घटनाको विस्तृत विवरण…
Read More

एमाले मकवानपुरको बृहत मोटरसाइकल र्‍याली, सामाजिक सञ्जालमा फेक ‘कुपन’ भाइरल

मकवानपुर । नेकपा एमाले मकवानपुरले आज हेटौँडामा आयोजना गरेको बृहत् मोटरसाइकल र्‍याली तथा जनसभामा जिल्लाका करिब १० हजार कार्यकर्ता र २५ सयभन्दा बढी स्कुटर तथा बाइक सहभागी भएको जनाएको छ। यस्तै कार्यक्रमकै सन्दर्भलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आज दिउँसोदेखि एउटा हस्तलिखित कागज (पर्चा) पेट्रोल कुपनजस्तै देखिने फोटो तीव्रगतिमा फैलिएको छ। कागजमा 'नेपाल कम्युनिस्ट पार्टी(एमाले) हेटौंडा-१८ वडा कमिटी' लेखिएको छाप लगाईएको, ‘अध्यक्ष’ भनेर हस्ताक्षरझैँ गरिएको र “२०८३/०७/२९” जस्ता अंक लेखिएको देखिन्छ। यसले र्‍यालीका सहभागीहरूलाई पेट्रोल वितरण गरिएको भन्ने अफवाह फैलाउने प्रयास गरिएको छ। तर एमाले मकवानपुरका नेताहरूले उक्त कागजलाई पूर्णतया फेक र भ्रम सिर्जना गर्ने उद्देश्यले बनाइएको दाबी गरेका छन्। एमाले…
Read More

सरकारले लोकतन्त्र र सुशासनमाथि गम्भीर प्रहार गर्‍यो : डा. राजन भट्टराई

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले सरकारले चालेको पछिल्लो राजनीतिक कदमले संविधानको मूल भावना नै कमजोर पारिएको आरोप लगाएका छन् । मकवानपुरमा शनिबार आयोजित जनसभामा बोल्दै उनले प्रतिनिधिसभा विघटन गरिएको प्रक्रिया संवैधानिक मापदण्ड र राजनैतिक नैतिकतादुवैसँग मेल नखाने दाबी गरे। उनले प्रधानमन्त्री सुशीला कार्की स्वयं निर्वाचित प्रतिनिधि नभएको र संसद् विघटन गर्ने अधिकार संविधानले नदिएको उल्लेख गर्दै, “कुन आधारमा संसद् विघटन गरियो भन्ने प्रश्न देशले जवाफ खोजिरहेको छ,” भने। संविधान ‘च्यातिने’ प्रवृत्तिलाई रोक्न संसद् पुनःस्थापना अपरिहार्य रहेको भट्टराईले बताए। उनले जनताको लामो संघर्षबाट जन्मिएको संविधानमाथि खेलबाड गर्न नदिने एमालेको अडान स्पष्ट गरे। यसैगरी निष्पक्ष र धाँधलीरहित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.