२०८२ आश्विन ७, मंगलवार १०:४४
२०८२ आश्विन ७, मंगलवार १०:४४
मकवानपुर । दसैँको चहलपहलसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या निकै बढेको छ। तर, मनसुनको सक्रियता कायमै रहेकाले वर्षा र पहिरोका कारण यात्रामा ढिलाइ वा अवरोध आउन सक्ने सम्भावना छ। दसैँको अवसरमा घर फर्कने यात्रुहरूको संख्यामा तीव्र वृद्धि हुने भएकाले मौसम पूर्वजानकारी अत्यन्त आवश्यक हुने विज्ञहरूले बताउँदै आएका छन्। यसै सन्दर्भमा, जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसमसम्बन्धी जानकारी दिएका छन् । आज दिउँसो (मंगलबार): देशभर भारी वर्षाको सम्भावना कम छ। कोशी, मधेस र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुनेछ। तराईका एक-दुई स्थानमा भने मध्यम वर्षाको सम्भावना छ। यद्यपि, कोशी…