Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
हेटौंडा १९मा ट्रक, बस र तेल ट्याङ्कर ठोक्कियो

हेटौंडा १९मा ट्रक, बस र तेल ट्याङ्कर ठोक्कियो

हेटौंडा । भर्खरै हेटौंडा १९ दारिमटारमा तीन ओटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ। सोमबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा १९ दारिमटारमा हेटौंडा तर्फ आउदै गरेको ना ७ ख १७७४ नम्बरको तेल ट्याङ्कर सोही दिशामा जादै गरेको ना ६ ख २११९ नम्बरको यात्रु बहाक बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ८१८० नम्बरको ट्रक एक आपसमा ठोक्किर दुर्घटना भएको हो। दुर्घटनामा ३१ जना घाइते भएको जसमा दुईको अवस्था चिन्ताजनक रहेको मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। घाइते सबैलाई स्थानिय र प्रहरीले उद्धार गरेर अस्पताल पठाएको जनाइएको छ । घाइतेहरुको थप…
Read More
डेङ्गुका कारण एकै दिनमा १२ जनाको मृत्यु

डेङ्गुका कारण एकै दिनमा १२ जनाको मृत्यु

मकवानपुर । बङ्गलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, देशमा डेङ्गु सङ्क्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ, जुन यस वर्षका लागि सबैभन्दा उच्च मृत्यु सङ्ख्या हो । हालसम्म डेङ्गुबाट मृत्यु हुनेको कुल सङ्ख्या १७९ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७४० नयाँ सङ्क्रमित फेला परेपछि यस वर्ष डेङ्गुका कुल सङ्क्रमितको सङ्ख्या ४१ हजार ८३१ पुगेको छ । डेङ्गु रोग मुख्यतः वर्षायाम अर्थात् जुनदेखि सेप्टेम्बरसम्म बङ्गलादेशमा व्यापकरूपमा फैलिने गर्दछ । मच्छरजन्य रोगका लागि संवेदनशील मानिने यस देशमा यस रोगको नियन्त्रणका लागि सतर्कता र प्रभावकारी कदम चालिनु आवश्यक रहेको विज्ञहरूले बताएका छन् । सरकारले…
Read More
पत्नीलाई घाइते बनाएर पतिले गरे आत्महत्या

पत्नीलाई घाइते बनाएर पतिले गरे आत्महत्या

मकवानपुर । इलाम नगरपालिका –१ साँखेजुुङका ४५ वर्षीय प्रकाशचन्द्र राईले ४० वर्षीया पत्नी टीका मुखियालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । बायाँ हात र टाउकोमा चोट लागेकी मुखियालाई रक्से प्रहरी चौकीको टोलीले उद्धार गरी उपचारका लागि इलाम अस्पताल पठाएको छ । इलाममा उपचार हुुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको अस्पतालका अधिकारीको भनाइ छ । पत्नीलाई खुकुरी प्रहार गरी फरार भएका प्रकाशचन्द्रको भने खोजी गर्ने क्रममा घर नजिकै रुखमा झुुण्डिएर मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बिहान ११ बजे भएको घटनापछि अहिले घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी टोली त्यसतर्फ पठाइएको प्रहरी कार्यालयका…
Read More
पर्साबाट १९ किलो लागूऔषध चरेस बरामद

पर्साबाट १९ किलो लागूऔषध चरेस बरामद

मकवानपुर । पर्साबाट सशस्त्र प्रहरीले १९ किलो लागूऔषध चरेस बरामद गरेको छ । पोखरिया नगरपालिका–७ जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा कालोझोला भित्र लुकाइ राखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो । विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले बरामद गरेको चरेसको १९ किलो १२६ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी गरिरहेको जनाएको छ ।
Read More
बङ्गलादेशसँग श्रीलङ्का हारेसँगै नेपाल सेमिफाइनलमा

बङ्गलादेशसँग श्रीलङ्का हारेसँगै नेपाल सेमिफाइनलमा

मकवानपुर । नेपाल श्रीलङ्कामा जारी यु–१७ साफको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० गोलले हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा लगातार दोस्रो हार खेपेसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएको थियो । सेमिफाइनलमा नेपालले भारत र पाकिस्तानमध्ये एउटा टोलीसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ बाट भारत र पाकिस्तानले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
Read More
राजधानीबाट चाडपर्व मनाउन  पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

राजधानीबाट चाडपर्व मनाउन पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिनुभयो । उहाँका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् । कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००,…
Read More
गौर नगरपालिकाको निषेधाज्ञा हट्यो

गौर नगरपालिकाको निषेधाज्ञा हट्यो

मकवानपुर । जिल्लामा शान्ति सुव्यवस्था सामान्य हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा लागू गरेको निषेधाज्ञा हटाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम भदौ २८ गतेदेखि गौर नगरपालिकाभित्र पूर्वमा नेपाल लज, पश्चिममा गौर घन्टाघर, उत्तरमा कृषि ज्ञान केन्द्र र दक्षिणमा जुद्ध उच्च माविसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो । शान्ति सुरक्षाको अवस्था सामान्य भएपछि आज (सोमबार) बिहान ५ बजेदेखि लागू हुने उक्त निषेधाज्ञा पनि हटाइएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा राम नरेश साहले जानकारी दिनुभयो । जिल्ला कारागार गौरको सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय रौतहटले उक्त चार किलाभित्र निषेधाज्ञा जारी…
Read More
प्रतितोला सात सयले बढ्यो सुनको मूल्य

प्रतितोला सात सयले बढ्यो सुनको मूल्य

मकवानपुर । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू. दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रू. दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू. सात सय बढेको हो । त्यस्तै, आज चाँदी प्रतितोला रू. दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Read More
प्रमद्वारा पाँच जना मन्त्री सिफारिस

प्रमद्वारा पाँच जना मन्त्री सिफारिस

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थप पाँच जना मन्त्री नियुक्तिका लागि आइतबार सिफारिस गर्नुभएको हो । राष्ट्रपतिको सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस हुनुभएको छ । उहाँ सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । त्यसै गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीमा महावीर पुन सिफारिस हुनुभएको छ । उहाँ राष्ट्रिय अनुसन्धान केन्द्रका संस्थापक एवं वैज्ञानिक अनुसन्धाता हुनुहुन्छ । कृषि तथा पशुपन्छी विकासमन्त्रीमा डा. मदनप्रसाद परियार सिफारिस हुनुभएको छ । उहाँ समता फाउन्डेसनका अध्यक्ष तथा संविधान सभाको राज्य पुनर्संरचना…
Read More
प्रदेश प्रमुखद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

प्रदेश प्रमुखद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

मकवानपुर । गणतन्त्र दिवस–२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनुभएको छ । " यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा  हार्दिक शुभकामना व्यक्त गर्दछु" उहाँले सन्देशमा भन्नुभएको छ। आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती प्रदेश प्रमुख देवकोटाल्र हार्दिक श्रद्धाञ्जली अर्पण  गर्नुभएको छ । "संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि हो" उहाँले सन्देशमा भन्नू भएको छ "जुन नेपाली जनताको लामो संघर्ष,  बलिदान र अथक प्रयासको देन हो।" ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतासँगै मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौमसम्पन्न  बनाउँदै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.