२०८२ आश्विन ७, मंगलवार १२:०३
२०८२ आश्विन ७, मंगलवार १२:०३
मकवानपुर । नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका निवर्तमान सदस्य विश्वप्रकाश शर्माले कुशासन र भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नुपर्ने बताउनु भएको छ। भ्रष्टाचारविरुद्ध अभियान चलाउन र कार्वाही गर्नका लागि यसभन्दा अघि पनि आफूले बारम्बार आवाज उठाएको बताउँदै यसमा आफूहरुको सहयोग रहने जनाउँदै यस्तो बताउनु भएको हो। मंगलबार धुलाबारीस्थित टाउन हलमा कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भ्रष्टाचारविरुद्ध संसदमै आफूले फाइल खोल्नु मात्र होइन, ‘फायर गर्नुपर्छ’ भनेर भनेको स्मरण गर्नुभयो। अहिलेसम्म बाहिर आएका सबै प्रकरणमा छानबिन गर्नुपर्नेमा उहाँको जोड रहेको थियो। जेएनजी समूहले राखेको माग र उठाएका मुद्दा सकारात्मक रहेको…