Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/२०८२ सम्बन्धमा छलफल हुनेछ ।
Read More
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ६४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३…
Read More
पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै मंगलबार बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर सडकबाट करिब दुई सय ५० मिटर तल खोलामा खसेको हो। दुर्घटनामा मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय केशव सुनार रहेका छन्। उनको ठेगाना र उनी सवारी चालक हुन् वा अन्य व्यक्ति भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटना बिहान करिब ४ बजे भएको थियो। घटनास्थल अप्ठ्यारो खोला र झाडी भएको क्षेत्रमा पर्ने भएकाले अन्य मानिस सवार थिए वा थिएनन् भन्नेबारे प्रहरीले खोजीकार्य जारी…
Read More
बाँकेमा चिसोले मर्न थाले मौरी

बाँकेमा चिसोले मर्न थाले मौरी

नेपालगन्ज । मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् । नेपाल मौरीपालक महासङ्घ, बाँकेका अध्यक्ष एवं मौरी पालक किसान पुरमल बस्नेतको घारमा रहेका मौरीमध्ये करिब दुई प्रतिशत मरेको जानकारी दिनु भयो । उहाँले भन्नु भयो, “अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, घारबाट बाहिर आउँदा चराको आक्रमण छ भने तराईको शीतलहर र हुस्सुले मौरी मरेका छन् ।” मौरीपालक बस्नेतले कतिपय अवस्थामा शीतलहरका कारण मौरीको घारसमेत रित्तो हुने अवस्था रहने उल्लेख गर्दै बाँकेमा भने त्यस्तो समस्या नभएको स्पष्ट गर्नु भयो । एउटा घारमा ३० देखि ३५ हजार…
Read More
आजको मौसम, देशभर पश्चिमी वायूको आंशिक प्रभाव

आजको मौसम, देशभर पश्चिमी वायूको आंशिक प्रभाव

मकवानपुर । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनुका साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्याह्नसम्म हुस्सुरकुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आज राति…
Read More

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । आज बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने गरी बैठक बोलाइएको हो । केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुनको लागि अनुरोध गरिएको छ । संस्थापन इतर समूह विशेष महाधिवेशनको अन्तिम तयारीमा रहेको समयमा बोलाइएको आकस्मिक बैठकलाई अर्थपूर्ण मानिएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारीबाट पछि नहटेपछि कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक राखिएको हो । विशेष महाधिवेशनका लागि प्रतिनिधि आउने क्रम…
Read More
बसभित्र पुरुष मृत फेला

बसभित्र पुरुष मृत फेला

दमक । झापाको मेचिनगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान मेचिनगर नगरपालिका–७ प्यारीभित्ता बसपार्क क्षेत्रमा बिग्रिएर थन्क्याइएको को १ ख ७८३९ नम्बरको बसभित्र सुतिरहेको अवस्थामा अन्दाजी ४० वर्षीय तम्बु भनिने मागीखाने पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तम्बुको वतन र थर खुल्न नसकेको र आवश्यक कानुनी प्रक्रिया पुर्याएर शव पोष्टमाटमको लागि भद्रपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीयले चिसोको कारण मृत्यु भएको हुनसक्ने बताएका छन् ।
Read More
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर…
Read More
ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

दमक । झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ट्याक्टरको डालामा सवार ज्यान जाने र घाइते हुने स्थानीय मजदुरहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार राति साढे १० बजे गौरादह नगरपालिका–५ स्थित चान्दु खोला भित्री सडकखण्डमा बालुबथानबाट फकिढिपतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टरमा अन्य व्याक्तिहरु पनि रहेका थिए । दुर्घटनामा ट्याक्टरमा सवार गौरादह–७ का ३५ वर्षीय महमद माजिमको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार माजिमलाई दमक अस्पताल लगिएकोमा अस्पतालले मृत…
Read More
चीन भ्रमणपछि कोरियाली राष्ट्रपति जापान जाँदै

चीन भ्रमणपछि कोरियाली राष्ट्रपति जापान जाँदै

मकवानपुर । चीन भ्रमण सकेर फर्किनुभएका दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले जापानका प्रधानमन्त्री साने ताकाइचीसँग वार्ता गर्न आगामी हप्ता जापान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार उहाँ मङ्गलबार र बुधबार प्रधानमन्त्री ताकाइचीको गृहनगर नारा पुग्नुहुनेछ । यो भ्रमण ताइवान वरपर चीनले हालै गरेको ठूला सैन्य अभ्यास र उत्तर कोरियाले जापान सागरमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको संवेदनशील पृष्ठभूमिमा हुन लागेको हो । सन् २०२५ मा पदभार सम्हाल्नु भएका राष्ट्रपति ली र प्रधानमन्त्री ताकाइची अन्तिम पटक अक्टोबरमा दक्षिण कोरियाको ग्योङ्जुमा आयोजित एपेक शिखर सम्मेलनको अवसरमा भेट्नुभएको थियो । गत अगस्टमा प्रधानमन्त्री ताकाइचीका पूर्ववर्ती सिगेरु इसिबासँग भेट गरेपछि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.