२०८२ चैत्र २४, मंगलवार १६:१७
२०८२ चैत्र २४, मंगलवार १६:१७
हेटौंडा / बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका स्वस्थ सहर बन्ने भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी अनुसार प्रदेशको राजधानी समेत रहेको हेटौँडालाई स्वस्थ सहर बनाउने कार्यको थालनी गरिएको हो । ‘एक जिल्ला एक स्वस्थ सहर’ कार्यक्रम अन्तर्गत हेटौँडा उपमहानगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम मङ्गलवार हेटौँडामा आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य कार्यालयका अन्य कर्मचारीसहित हेटौँडा उपमहानगरपालिका प्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्य एवम् कर्मचारीहरुलाई स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि…