Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
एमाले महाधिवेशन : अध्यक्षमा ओलीको अग्रता

एमाले महाधिवेशन : अध्यक्षमा ओलीको अग्रता

मकवानपुर । नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो । पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १५६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ६७ मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । सोहीअनुसार विष्णुप्रसाद पौडेल १७३, उपाध्यक्षमा क्रमशः पृथ्वीसुब्बा गुरुङ १७१, गोकर्ण विष्टले १३३, रामबहादुर थापा बादलले १५३, रघुजी पन्त १२३, गुरुप्रसाद बराल १०९, टंकप्रसाद कार्की ४३, पर्शुराम मेघी गुरुङ ४७, भीमप्रसाद आचार्य २७, विन्दा पाण्डे ९८ मत प्राप्त गर्नुभएको छ । एमाले केन्द्रीय…
Read More
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

मकवानपुर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । बिहीबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहने र अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहनेछ ।
Read More
एमालेको मतगणना शुरू

एमालेको मतगणना शुरू

मकवानपुर । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हिजो बिहान ९ बजेदेखि शुरू भएको मतदान आज बिहान पौने ७ बजे सकिएको थियो । केहीबेरअघि मतगणना शुरू भएको हो । दुईदेखि तीन घण्टाभित्र नतिजा सार्वजनिक भैसक्ने निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो । केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेदवारी दिएका छन् । एमालेका वर्तमान…
Read More
पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

मकवानपुर । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा साढे ७५ लाख भेटी सङ्कलन भएको छ । मंसिर महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार मंसिर महिनामा भक्तजनहरूले ७५ लाख ४९ हजार १०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक सातासम्मको संलकन गरी फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी…
Read More
एमाले निर्वाचन : ४ बजेसम्म ७ सय मत खस्यो

एमाले निर्वाचन : ४ बजेसम्म ७ सय मत खस्यो

मकवानपुर । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म ७ सय मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ७ सय मत खसेको हो । निर्वाचनमा दिउँसो ४ बजेसम्म लगभग एक तिहाई मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।
Read More
शेयर बजार बढ्याे

शेयर बजार बढ्याे

मकवानपुर । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २५ दशमलव ७० विन्दुमा पुगेको छ । आज होटल, निर्जीवन बीमा, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह १ दशमलव ७५ प्रतिशतले उकालो लागेको छ । आज स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३ सय ३२ वटा…
Read More
नेपालले अफगानिस्तानलाई दियो एक सय २५ रनको सामान्य लक्ष्य

नेपालले अफगानिस्तानलाई दियो एक सय २५ रनको सामान्य लक्ष्य

काठमाडौँ । यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि एक सय २५ रनको सामान्य लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २४ रन बनायो । नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाउनुभयो । त्यस्तै चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिनुभयो । अब्दुल अजिज, नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले दुईरदुई विकेट झार्नुभयो । यसअघिका दुई खेलमा हार खेपेको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ…
Read More
हेटौंडा सडक विस्तार:  सर्वोच्चमा सुनुवाइ हुँदै

हेटौंडा सडक विस्तार: सर्वोच्चमा सुनुवाइ हुँदै

मकवानपुर । हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सडक विस्तारविरुद्ध गत मंसिर १६ गते मुद्दा दर्ता गरिएको थियो । रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसमेतले हेटौंडा उपमहानगरपालिका र सडक डिभिजन कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदन सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा रिट निवेदन मागी सुनुवाइ हुनेछ। सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो। सडक सीमा क्षेत्र २५ २५ मिटर भित्रका संरचना हटाएर सडक विस्तार गर्दा व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको भन्दै उक्त रिट दर्ता गरिएको थियो। उक्त रिटमाथि मंसिर १९ गते न्यायाधीश मेघराज…
Read More
दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर। यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो । बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् । चिसोले दैनिक जनजीवनसँगै आवतजावत र स्वास्थ्यमा समेत असर पारेको स्थानीयको भनाइ छ । हुस्सु र कुहिरोका कारण बिहानको समयमा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भइरहेको छ । बस चालक राजेन्द्रबहादुर ऐरका अनुसार दृश्यता (भिजिबिलिटी) अत्यन्त कम हुने भएकाले सवारी चलाउन जोखिम बढेको छ । “अगाडिदेखि नै गाह्रो हुन्छ, त्यसैले गति कम गरेर सावधानीपूर्वक सवारी चलाउनुपर्ने अवस्था छ”, उहाँले…
Read More
एमाले महाधिवेशन : ३ घण्टामा साढे ३०० खस्यो मत

एमाले महाधिवेशन : ३ घण्टामा साढे ३०० खस्यो मत

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यो जानकारी दिएका हुन् । गौतमका अनुसार काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् । यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ । मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेको नयाँ नेतृत्व…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.