Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

चितवन । चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् । चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण गरेको हो । चिनियाँ राजदूत छन सङले यो सानो सहयोगबाट अस्पतालको सेवा प्रवाह तथा समग्र स्वास्थ्य सेवाको सुधार गर्न सहयोग पुग्ने बताए । साथै उनले नेपाललाई सहयोग गर्न तत्पर रहेको बताए ।
Read More
ओलीले कति मिनेटमा सके मतदान?

ओलीले कति मिनेटमा सके मतदान?

मकवानपुर । नेकपा (एमाले)को ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ। भृकुटीमण्डपमा बिहान ८ बजेदेखि सुरू हुने भनिएको मतदान केही ढिला गरी साढे ९ बजेदेखि मात्रै मतदान सुरू भएको हो। अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले मतदान सकेका छन्। उनलाई मतदानका लागि ४० मिनेट समय लागेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए। त्यस्तै विष्णु पौडेलले २५ मिनेट र सुरेन्द्र पाण्डेले ३० मिनेट समय लगाएका छन्। ८० वटा मेसिन राखिएकाले एक पटकमा ८० जनाले मतदान गर्न सक्नेछन्। मतदानबाट १९ सदस्यीय पदाधिकारी र ३०१ जना केन्द्रीय कमिटी चयन हुनेछ।
Read More
एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू

मकवानपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्ष पदका उम्मेद्वार केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिला मतदान गरी मतदान प्रक्रिया बिहान साढे ९ बजेदेखि शुरू भएको हो । आज बिहान ८ बजेदेखि शुरू हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी शुरू भएको हो । काठमाण्डौको भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधि लाइनमा छन् । यसअघि हिजो बेलुका नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । देशभरबाट आएका २ हजार २ सय ६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदका लागि मत खसाल्नेछन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली…
Read More
एमाले निर्वाचन : साँझ ७ बजेदेखि मतदान गर्ने निर्णय

एमाले निर्वाचन : साँझ ७ बजेदेखि मतदान गर्ने निर्णय

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मङ्गलबार साँझ ७ बजेदेखि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्दै छन् । उनीहरू प्यानलै बनाएर भिड्न लागेका हुन् ।
Read More
एमालेको मतदानमा ढिलाइ, प्राविधिक भन्छन्- राति ८ बज्न सक्छ

एमालेको मतदानमा ढिलाइ, प्राविधिक भन्छन्- राति ८ बज्न सक्छ

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान अझै सुरु हुन सकेको छैन । केन्द्रीय निर्वाचन आयोगले मंगलबार मध्याह्न १२ बजेदेखि मतदानको समय तोकेको थियो । तर यो समय पनि धकेलिएर साँझ ४ बजेदेखि मतदान हुने भनिएको थियो । तर यो समयमा पनि मतदान सुरु हुने छाँटकाँट देखिएको छैन । ‘नाम तलमाथि परेको भएर मिलाउनु पर्‍यो । हरेक उम्मेदवारको फोटोको कोडिङ गर्नुपर्छ । बिहान १० बजेसम्म कोडिङ गर्‍यौं । फेरि तलमाथि परेको सच्याउन नयाँ कोडिङ गर्नुपर्छ । बुथ तयार छ । रातिको ८ बजेदेखि मात्र मतदान सुरु हुन सक्छ,’ प्राविधिक लक्ष्मण रिमालले भने । अध्यक्ष…
Read More
राति मतदान नगर्न पोखरेल समूहको आग्रह, समिति भने साँझ ५ बजेभित्रै सुरु गर्ने तयारीमा

राति मतदान नगर्न पोखरेल समूहको आग्रह, समिति भने साँझ ५ बजेभित्रै सुरु गर्ने तयारीमा

काठमाडौं । नेकपा एमालेको निर्वाचन समितिले आजै साँझसम्म मतदान प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। स्रोतका अनुसार ईश्वर पोखरेल पक्षले राति मतदान नगर्न आग्रह गरिरहे पनि समितिले भने प्रक्रिया अघि बढाउने अडान लिएको छ। निर्वाचन समितिका एक सदस्यले भने, ुहामीलाई निर्वाचन गराउनुपर्ने बाध्यता छ। त्यसैले जतिखेर पनि मतदान सुरु गर्नुपर्छ भनेर हामी लागिपरेका छौं।ु समितिका अनुसार छिटोमा दिउँसो ४ बजेदेखि र ढिला भएमा पनि साँझ ५ देखि ६ बजेभित्र मतदान सुरु गर्ने गरी तयारी भइरहेको छ।
Read More
तत्काल मतदान सुरु गर्न ईश्वर पोखरेल समूहको माग

तत्काल मतदान सुरु गर्न ईश्वर पोखरेल समूहको माग

काठमाडौँ । नेकपा एमालेको ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरेको छ । मतदानमा ढिलाइ भइरहेकाले तत्काल सुरु गर्न आफूहरूले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका नेत्री अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । मतदान ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको ईश्वर पोखरेलको आरोप छ । दिउँसो १ बजेदेखि नै मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म सुरु हुन नसकिरहेका बेला ईश्वर पोखरेलले तत्काल मतदान सुरु गर्न दबाब बढाएको हो ।
Read More
भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

मकवानपुर । उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बिचमा सात वटा बस एक अर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली-आगरा एक्सप्रेसवेमा बसकोे ठक्करको कारणले उनीहरुको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेकको बताइएको छ ।
Read More
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ। चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको छ ।
Read More
आज  सुनको  मूल्य घट्यो

आज सुनको मूल्य घट्यो

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ३ हजार ८८५ रुपैयाँ तय भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको भाउ हालसम्मकै उच्च मूल्य ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.