Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
हेटौंडामा सडक विस्तार रोकियो

हेटौंडामा सडक विस्तार रोकियो

मकवानपुर । सर्वोच्च अदालतले शुक्रबार हेटौंडाको सडक विस्तार कार्य तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो। तर औपचारिक रुपमा पत्र प्राप्त नभएको भन्दै सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार उज्यालो नहुँदै घरटहरा भत्काउन शुरु गर्‍यो। दिनभरमा दायाँबायाँ २५-२५ गजभित्र रहेका ५ सयभन्दा धेरै घर टहरामा कार्यालयले डोजर चलायो। शुक्रबारको आदेश शनिबार बिदा भएकाले कार्यालय आइतबार मात्रै खुल्यो । आइतबार दिउँसो अदालतको आदेश सडक डिभिजन कार्यालयमा पुग्यो। त्यसपछि कार्यालयले पत्रकार सम्मेलन गर्दै अदालतको आदेशको सम्मान गर्दै तत्कालका लागि सडक विस्तार कार्य रोकिएको जनाएको छ। हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरिएको…
Read More
एनपिएल : कर्णालीले दियो जनकपुरलाई १३० रनको लक्ष्य

एनपिएल : कर्णालीले दियो जनकपुरलाई १३० रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जितका लागि कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई एक सय ३० रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २९ रन बनायो । कर्णालीका लागि इमरन शेखले ३३ रन बनाउनुभयो । यस्तै गुल्शन झाले १९, कप्तान सोमपाल कामीले १८, प्रियांक पान्चलले १६, विलियम वसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन बनाउनुभयो । बलिङमा जनकपुरका ललित राजवंशी र आदित्य महताले दुई दुई तथा संगीत कोरे, माज सदाकत र अनिल शाहले…
Read More
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको छ । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो ।दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । यद्यपि, प्रहरीले उनलाई पक्राउ गरेको औपचारिक जानकारी दिएको छैन । मोरङ प्रहरी प्रमुख कबित कटवालले हत्या अनुसन्धान लगभग अन्तिम चरणमा पुगको जानकारी दिए । केही विषय खुल्न बाँकी रहेको उनले बताए ।प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिले घरबाट हराएकै दिन अंशुको हत्या…
Read More
पत्रकार अजय गोर्खालीको निधन

पत्रकार अजय गोर्खालीको निधन

मकवानपुर । पत्रकार अजय गोर्खालीको निधन भएको छ । उनको शनिबार उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्य गोर्खाली स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए । जनआस्था साप्ताहिकमा कार्यरत ३८ वर्षीय गोर्खालीको आज देवघाटमा अन्तिम संस्कार गरिने उनका बुबा गोपाल परियारले जानकारी दिए ।
Read More
प्रधानमन्त्री  कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न मिरज ढुंगानाको आग्रह

प्रधानमन्त्री कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न मिरज ढुंगानाको आग्रह

मकवानपुर । जेनजी अभियन्ता मिरज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् । जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनले यस्तो आग्रह गरेका हुन् । उनले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरूले नगरेको पनि बताए । पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावनाप्रति उनले चिन्ता व्यक्त गरे । ढुंगानाले अन्तरिम सरकार देश विकासमा असफल भएको अवस्थामा प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग गरे । अन्तरिम सरकार हाइज्याक भएको भन्दै जेनजीहरूको माग सम्बोधन नभएको ढुंगानाले बताए । ढुंगानाले भने, ‘आन्दोलनपछि बनेको सरकारले पनि विकास गर्न सक्दैन…
Read More
आज मधेश प्रदेशमा नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

आज मधेश प्रदेशमा नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

मकवानपुर । मधेश प्रदेशमा आइतबार तीन नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एसका कनिश पटेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । जनमतका यादवलाई अर्थमन्त्री, राय र पटेललाई बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गराइएको हो ।
Read More
एनपिएल : चितवनमाथि पोखराको सहज जित

एनपिएल : चितवनमाथि पोखराको सहज जित

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि एक सय २१ रनको समान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । पोखराका लागि एडम रोसिंगटनले सर्वाधिक ६५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । एडम प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै अर्जुन कुमालले अविजित ४३ रन बनाउनुभयो । बलिङमा चितवनका रिजन ढकाल र सैफ जइबले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २०…
Read More
हेटौंडामा आइतबार डोजर नचल्ने

हेटौंडामा आइतबार डोजर नचल्ने

मकवानपुर । महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्तीपुल र बुद्धचोकबाट सामरी पुलसम्मको ९.५ किलोमिटर सडक सीमा खाली गराउन शनिबार चलाइएको डोजर आइतबार नचलाइने भएको छ । अजै बाकि क्षेत्रको सडक विस्तारको काम आइतबार रोकिएको छ । राजमार्ग क्षेत्रको २५मिटर सडक सीमा कायम गर्नेगरी सडक डिभिजन कार्यालय हेटौंडाले शनिवार मात्र हेटौंडा–१५ रातोमाटेदेखि मुख्य बजार क्षेत्रको मेनरोड बुद्ध चोक, राप्ती रोड, पिपल बोट तथा चैकीटोल ओरालोसम्मका संरचनाहरू भत्काइएको थियो । आज डोजर नचल्ने भत्किएको संरचनाका मालसामान खालि गर्न २ दिनको समय दिइएकोले आइतबार डोजर नचल्ने मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका छन्।
Read More
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

मकवानपुर । सुनको भाउ आज सामान्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घटेर तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५२ हजार चार सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको तीन हजार छ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार पाँच सय ५५ रुपैयाँ रहेको थियो ।
Read More
हेटौंडा सडक विस्तार: उपमहानगरले प्रभावित घरधुरी र व्यवसायीलाई सहजीकरण गर्ने

हेटौंडा सडक विस्तार: उपमहानगरले प्रभावित घरधुरी र व्यवसायीलाई सहजीकरण गर्ने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजार क्षेत्रमा सडक विस्तार गर्दा प्रभावित भएका परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार हेटौंडा क्षेत्रको पुर्व-पश्चिम राजमार्ग र त्रिभुवन राजपथमा पर्ने ५ सय ३१ वटा निर्मित घर, टहरा तथा अन्य संरचना भत्काएको छ । उपमहानगरपालिकाको आइतबार (आज) बिहान बसेको ७६औं कार्यपालिका बैठकले प्रभावित परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण र समन्वय गर्ने निर्णय गरेको हो । यस्तै, सडक सीमाको केन्द्ररेखादेखि २५-२५ गज (७५-७५ फिट) भित्र यसअघि नै रेखांकन गरिएका घर, पसल र व्यवसायीहरूलाई सहुलियतपूर्ण व्याजदरमा निश्चित समयका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकसंग समन्वय गर्ने उपमहानगरपालिकाले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.