Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आज विश्व हुलाक दिवस मनाइँदै

आज विश्व हुलाक दिवस मनाइँदै

मकवानपुर । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने नाराका साथ आज विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा हरेक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो । त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन् । यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन् । विश्व हुलाक दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले निकाल्नु भएको सन्देशमा हुलाकका माध्यमबाट सहरी र…
Read More
बीपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

बीपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

मकवानपुर ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्गको चौकीडाँडा खण्डको सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ । रोशी खोलाले बगाएको सडकको अनुगमन गर्न पुग्नुभएका मन्त्री घिसिङले सङ्घीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उहाँले सडक विभाग र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा जानुभएका मन्त्री घिसिङले बाढीपहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गर्नुभयो । बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन…
Read More
निरन्तर अकासिँदै सुनको मूल्य

निरन्तर अकासिँदै सुनको मूल्य

मकवानपुर ।अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ । चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज…
Read More
नागरिक अगुवाहरूले भने : देउवा, ओली र प्रचण्डले क्षमायाचनासहित अवकाश लिनुपर्छ

नागरिक अगुवाहरूले भने : देउवा, ओली र प्रचण्डले क्षमायाचनासहित अवकाश लिनुपर्छ

मकवानपुर । नागरिक अगुवाहरूले प्रमुख दलका नेतृत्वले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकास लिनुपर्ने बताएका छन्। कुनै दल विशेषको औचित्य र भविष्याका लागि मात्र नभई लोकतन्त्र र दलीय प्रणालीको भविष्यको लागि पनि त्यो आवश्यक रहेको औंल्याएका छन्। ३० नागरिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्षमायचानासहित बिदा हुनुपर्ने बताएका हुन्। उनीहरूले भनेका छन्, ‘विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (सभापति÷अध्यक्ष) ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्छ। यो केवल कुनै दल विशेषको औचित्य…
Read More
मलेशियासँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

मलेशियासँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

मकवानपुर । मलेशियासँगको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको पाँचौ तथा अन्तिम निर्णायक खेलमा नेपालले घरेलु टोली मलेशियालाई पाँच विकेटले हराएको हो । नेपालले शृङ्खला ३–२ ले जितेको हो । मलेशियाले जितका लागि दिएको एक सय चार रनको लक्ष्य नेपालले १८औं ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । रुवी पोद्दारले २६ र पुजा महतोले २३ रन बनाइन् । मलेशियाका नुर आल्या बत्रिसिया बिन्ती नोर्मिजान, माहिरा इज्जती र ऐना हामिजाह हाशिमले समान एक विकेट लिइन । त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको थियो ।…
Read More
देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण सङ्कलन गरिँदै

देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण सङ्कलन गरिँदै

मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो । बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण सङ्कलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरिने छ । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनपछि तथ्याङ्कको आधारमा किसानले…
Read More
नेपाली राजदूत र नियोग प्रमुखसँग आज ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री

नेपाली राजदूत र नियोग प्रमुखसँग आज ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिने भएकी छिन्। बुधबार दिउँसो ‘भर्चुअल’ माध्यम मार्फत संवादको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक ब्रिफिङ र सरकारको प्राथमिकताको बारेमा निर्देशन दिन लागेकी हुन्। मन्त्रालयले नेपाल स्थित विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ। त्यस क्रममा लोकतन्त्रप्रति प्रतिबद्धता दोहोर्‍याउँदै आगामी ६ महिनाभित्रै निर्वाचन गराउने प्राथमिकतामा समर्थन गर्न सरकारले आग्रह गर्ने र पुनर्निर्माणका लागि सरकारले अनुरोध गर्नेछ। नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने…
Read More
कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

मकवानपुर । आउँदो कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष त्यो दिन दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा.विवेककुमार लालले सात सय ५३ पालिकामा दुईदिने अभियानमा पाँच वर्षमुनिका झन्डै २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र झन्डै ३० लाख बालबालिकालाई जुकाको औषधि…
Read More
जयपुरको एक अस्पतालमा आगलागी, ६ बिरामीको मृत्यु

जयपुरको एक अस्पतालमा आगलागी, ६ बिरामीको मृत्यु

 काठमाडौं । जयपुरस्थित सावई मान सिंह सरकारी अस्पताल (एसएमएस अस्पताल) को ट्रमा सेन्टरको आईसीयूमा आइतबार राति भीषण आगलागी हुँदा ६ जनाको ज्यान गएको छ। आगलागीका कारण बिरामीहरू जलेर र धुवाँको कारण श्वासप्रश्वास रोकिएर मृत्यु भएको प्रारम्भिक जानकारी छ। अस्पताल प्रशासनका अनुसार आगलागी आइसीयूको स्टोरेज सेक्शनबाट सुरु भएको हो, जसको कारण विद्युतीय सर्टसर्किट भएको अनुमान गरिएको छ। एसएमएस अस्पताल राजस्थानकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था हो। ट्रमा सेन्टर भवन टोक रोडमा अवस्थित मुख्य अस्पताल भवनको ठीक अगाडि रहेको छ। आगलागी दोस्रो तल्लामा भएको बताइएको छ। द हिन्दुका अनुसार, सेन्टरका इन्चार्ज डा. अनुराग धाकडका अनुसार न्युरोसर्जरी आइसीयूमा ११ जना गम्भीर बिरामीको उपचार…
Read More
कोशी र बागमती प्रदेशका केही सडकखण्ड अझै अवरुद्ध

कोशी र बागमती प्रदेशका केही सडकखण्ड अझै अवरुद्ध

मकवानपुर । बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका नौ ठाउँमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार कान्ति लोकपथ अन्तर्गत ललितपुरको गोदावरीमा सडक पूर्ण रुपमा अवरुद्ध छ । कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला र मकालु, मेची राजमार्ग अन्तर्गत इलाम र मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरको टेम्केमैयुङमा सडक अवरुद्ध छ । पासाङल्हामु सडकखण्ड अन्तर्गत रसुवाको गोसाईंकुण्डमा बन्द भएको सडक पनि खुलेको छैन । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी र सिन्धुलीको सुनकोशीमा पनि सडक अवरुद्ध छ । काभ्रेको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन शुरू गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.