२०८२ माघ १, बिहीबार ०५:१७
२०८२ माघ १, बिहीबार ०५:१७
मकवानपुर । वर्षभरि निरोगी हुन माघेसङ्क्रान्ति अर्थात् घिउचाकु, सँल्हु दिन विभिन्न समुदायले तोरी अथवा तिलको तेल लगाउने तथा घिउचाकु खाने चलन छ । साधारणतया जाडो मौसममा शरीरलाई तातो बनाउने चिज खानपिन गरी मनाउने पर्व नै माघेसङ्क्रान्ति हो । संस्कृतिविद् हरि श्रेष्ठले नेवार समुदायमा कुनै पनि पर्व मनाउने चलनमा वैज्ञानिक कारण लुकेको बताउनुभयो । “माघ महिना जाडोमा काँचो घिउ, चाकु, तिलको लड्डु खाँदा शरीरलाई तापसँगै शक्ति प्रदान गर्छ,” उहाँले भन्नु भयो, “विगतमा बाक्लो लुगा सहजै नपाइने हुँदा जाडो याममा बच्चा, वृद्धवृद्धा र सुत्केरीलाई चिसोले चाँडो समाउँथ्यो । त्यसैले हाम्रा पुर्खाले चाकु खाने चलन ल्याएको हो ।” यस समुदायमा बिहे गरेर गएकी…