Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
अफगानिस्तानले नेपाललाई दियो एक सय १३ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो एक सय १३ रनको लक्ष्य

मकवानपुर । हङकङमा आजदेखि सुरु हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि ११३ रनको लक्ष्य दिएको छ । हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको हो । नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए । प्रतियोगितामा १२ टोली सहभागी छन् । नेपाल ब्याटिङ गरिरहेको छ ।
Read More
सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु

सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु

मकवानपुर । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी मोहनजंग बुढाथोकीका अनुसार सुनारको आज बिहान बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि तत्काल कर्णाली प्रदेश अस्पताल पु¥याइएको थियो । चिकित्सकले सुनारलाई उपचारकै क्रममा मृत घोषणा गरेका हुन् । ‘‘सुनारसँगै सुतेका अन्य थुनुवाले बिहान उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए,’’ डीएसपी बुढाथोकीले भन्नुभयो, ‘‘त्यसपछि सुनारलाई तुरुन्त अस्पताल पु¥याइयो, तर चिकित्सकले मृत घोषणा गर्नुभयो ।’’ प्रहरीका अनुसार…
Read More
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो

मेलम्चीको पानी पूर्ण रूपमा रोकियो

मकवानपुर । आफ्ना माग पूरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गर्नुभएको छ । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोेदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्णरूपमा रोकिएको छ ।” विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा…
Read More
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

मकवानपुर । स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ । शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइनेछ । दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ । यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् । बालबालिकामा कुपोषणको जोखिम हुन नदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । रासस
Read More
दार्चुला नजिक भूकम्पको धक्का

दार्चुला नजिक भूकम्पको धक्का

मकवानपुर । नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला नजिक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र (एनईएमआरसी–भूगर्भ विभाग)ले बिहीबार राति १० बजेर ४० मिनेटमा दार्चुला जिल्लाको तवाघाट आसपास भारत सीमाक्षेत्र केन्द्रबिन्दु भएर स्थानीय रिक्टर स्केल अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो । भूकम्पको प्रभाव दार्चुला आसपासका क्षेत्रमा हल्का रूपमा महसुस गरिएको भए पनि अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानीको विवरण प्राप्त भएको छैन । सुदूरपश्चिमका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा साना ठुला भूकम्पका झट्का अनुभव भइरहेका छन् । भूगर्भ विभागले नागरिकलाई सचेत रहन र आधिकारिक जानकारीका लागि विभागको सूचना अनुसरण गर्न आग्रह गरेको छ ।
Read More
गोरखामा कृषि, पर्यटन र व्यापार प्रवर्धनको तेस्रो मेला सुरु

गोरखामा कृषि, पर्यटन र व्यापार प्रवर्धनको तेस्रो मेला सुरु

मकवानपुर । गोरखा सदरमुकामस्थित हरमटारी खेलकुद मैदानमा बिहीबारदेखि तेस्रो कृषि, पर्यटन तथा व्यापार मेला सुरु भएको छ । गोरखा चेम्बर अफ कमर्स र नेपाल ओमन चेम्बर अफ कमर्सको संयुक्त आयोजनमा गोरखामा तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रवर्धन मेला सुरु भएको हो । तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रवर्धन मेलाको उद्देश्य स्थानीय कृषि उत्पादन, साना तथा मझौला उद्यम, र सांस्कृतिक विविधतालाई प्रवर्धन गर्ने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । मेलामा १५० वटा स्टल रहन्छन् भने गोरखाका ११ वटा पालिकाका कृषक, उद्यमी तथा व्यवसायीहरूले आफना उत्पादन र सेवाहरू प्रदर्शन तथा बिक्री गर्ने अवसर भएको बताइएको छ । स्थानीय स्तरको उत्पादनको बजार…
Read More
नवलपुरका २१ विद्यालयमा फुटबल वितरण

नवलपुरका २१ विद्यालयमा फुटबल वितरण

मकवानपुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा फिफा फुटबल फर स्कुल्स कार्यक्रम अन्तरगत बिहीबार नवलपुरका २१ वटा विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको छ । कावासोती तीन स्थित सिद्धार्थ आवासीय माविमा आयोजना गरिएको कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले विद्यालयका प्रतिनिधिहरूलाई फुटबल हस्तान्तरण गर्नुभएको हो । कावासोती १२ का वडाध्यक्ष तथा नगर खेलकुद विकास समिति अध्यक्ष ध्रुव खनाल (दिपेश), (एन्फा) उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा सदस्य भरत बुुडा थापा र पुरुषोत्तम थापा लगायतको उपस्थितिमा फुटबल हस्तान्तरण गरिएको हो । प्याब्सन नवलपुरका अध्यक्ष समेत रहनुभएका कावासोती १६ डण्डामा रहेको नवलपुर एकेडेमीका प्रिन्सिपल हरिहर अधिकारीलाई फुटबल हस्तान्तरण गरि…
Read More
दोहा भ्रमणपछि राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

दोहा भ्रमणपछि राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज यहाँबाट स्वदेश प्रस्थान गर्नुभएको छ । उहाँलाई यहाँस्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय एवम् नेपाली दूतावासका उच्च अधिकारीले बिदाई गर्नुभएको थियो । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आइपुग्नु भएको हो । उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन…
Read More
किसानको बारीमा फुल्यो तोरी

किसानको बारीमा फुल्यो तोरी

मकवानपुर । नगदे बालीको रूपमा रहेको तोरी किसानको बारीभरि फुलेको छ । मकै स्याहारेपछि तोरी छरेका किसानको बारी यतिबेला पहेँलै बनेका छन् । केही दिनअघि परेको पानीले तोरी बालीलाई फाइदा पुगेको किसानको भनाइ छ । पाल्पाको रामपुर, माडी, तानसेन, बगनासकाली, पूर्वखोला, रिव्दीकोटका किसानले लगाएका तोरी फलेर बारी नै पहेँलै बनेको हो । पाल्पाका किसानले सिँचाइ नहुने बारीमा मकै र तोरीको खेती गर्ने गरेका छन् । किसानले तोरीबाट तेल पेलेर घरमै प्रयोग गर्ने गरेका छन् । तोरीले तेलमा आत्मनिर्भर बनाएको किसानको भनाइ छ ।
Read More
लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

मकवानपुर । प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाँउबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो र बौद्ध वृत्तको संयुक्त टोलीले सिन्धुलीको रानीचुरी गाउाँपालिका-३ घर भएका बेशीगाउँ बस्ने २१ वर्षीय पेम्बा तामाङलाई लागूऔषधसहित पक्राउ गरेको हो । स्थानीय श्याम खलेडाको घरमा बहाल बस्दै आएका तामाङको कोठाबाट फेनारगन ५४ पिस, डाईजापाम ५४ पिस र नोरफिन ५४ गरी १६२ पिस ९एम्पुल० बरामद गरिएको प्रहरीले जनाएको छ । तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धको नियन्त्रणमा राखिएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.