Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आयोजक टु स्टार क्लबलाई पुरुष र महिला दुबै विधामा उपाधी

आयोजक टु स्टार क्लबलाई पुरुष र महिला दुबै विधामा उपाधी

मकवानपुर । ऐतिहासिक बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगितामा आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब, इम्बुङ विजेता बनेको छ । आयोजक क्लवले पुरुष र महिला दुवै विधामा उपाधी जित्न सफल भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा शनिबार साँझ सम्पन्न पुरुष तर्फको फाइनल खेलमा आयोजक टु स्टार क्लबले तिजोक युवा क्लब नवमीडाँडालाई टाइब्रेकरमा ३ का विरुद्ध चार गोलले पराजित गर्दै उपाधी हात पारेको हो । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो । विजेता टु स्टार क्लबले नगद एक लाख १५ हजार रुपियाँ, ट्रफी, मेडल र…
Read More
एमाले मकवानपुरको आग्रह: पार्टी छोडेका सदस्य फर्कुन्

एमाले मकवानपुरको आग्रह: पार्टी छोडेका सदस्य फर्कुन्

मकवानपुर । नेकपा (एमाले) मकवानपुरले विभिन्न समयमा पार्टी छोडेर गएका नेता, कार्यकर्ताहरुलाई आफ्नै मूलघर फर्कन आह्वान गरेको छ । शुक्रबार जिल्ला पार्टी उपाध्यक्ष हिदम लामाले अपिल जारी गर्दै भनेका छन् “विद्यमान परिस्थितिमा तपाईंहरुको योगदानको निरन्तरता, राजनैतिक क्रियाशीलता र सुनिश्चित गन्तव्य आफ्नो पुरानो घर नेकपा (एमाले) नै हुन सक्छ भन्ने हाम्रो विश्वास छ ।” नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह एमाले राष्ट्रिय स्वाधिनताको, विकास र समृद्धिको नेतृत्वकर्ता हो भन्ने कुरा तथ्य र परिणामले पुष्टि गरेको विषयहरुले गर्वबोधको अनुभूति भएको उल्लेख गदै उपाध्यक्ष लामाले भनेका छन्, “भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन र त्यस आन्दोलनमा भएको घुसपैठले मच्चाएको विध्वंसपछिको अवस्थालाई विश्लेषण गर्दा पनि…
Read More
मकवानपुरगढीमा बाघ आतङ्क :  दुई बाख्रा मारिए

मकवानपुरगढीमा बाघ आतङ्क : दुई बाख्रा मारिए

मकवानपुर । मकवानपुरको मकगानपुगढी गाउँपालिका क्षेत्रमा केही दिनयता बाघ आतङ्क फैलिएको छ । मकवानपुरगढी गाउँपालिका ५ स्थित नयाँ गाउँमा दुई वटा बाख्रा बाघले खाएको छ । स्थानीय तखतबहादुर लुङ्वाको घर नजिकै रहेको बड्किचौर जङ्गलमा चर्ने क्रममा शुक्रबार दिउँसो दुई वटा बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्ट धादिङ मकवानपुरबाट गएका प्रहरी टोलीले घटनास्थल हेर्दा बाघले मारेकोरखाएको देखिएकोले वनको कर्मचारीसँग समन्वय गरी मुचुल्का कार्य गरिएको छ । यस्तै, मकवानपुरगढी गाउँपालिका वडा नं. ५ को माथिल्लो भेग सोलिथुम, नयाँगाउँ, लिङ्गेडाँडा र खैरेनीमा पनि यसअघि बाघ देखा परेको स्थानीयले बताएका छन् ।…
Read More
बर्दियामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

बर्दियामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय विकास यादव हुनुहुन्छ । यसैगरी, मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी घाइते हुनुभएको छ । राजापुरदेखि गुलरिया तर्फ आउँदै गरेको लु.प्र.०३००१ प ४१५७ नं को मोटरसाइकल हुलाकी सडकअन्तर्गत राजापुर नगरपालिका वडा १० जोगीपुर स्थित अनियन्त्रित भई राति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएकोमा उपचारको क्रममा यादवलाई चिकित्सकले मृत घोषणा गरेका…
Read More
कोहलपुरमा चितुवा आतङ्क

कोहलपुरमा चितुवा आतङ्क

मकवानपुर । बाँके राष्ट्रिय निकुञ्जसँग गाँसिएको कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा बाघ र चितुवाको डरले स्थानीय आतङ्कित छन् । केही दिन अघिमात्रै ढकेरीमा घाँस काट्न गएका एकजनाको बाघले आक्रमण गर्दा मृत्यु भएपछि त्रसित बनेको सो क्षेत्रका बसिन्दा अहिले चितुवाको समेत आक्रमण बढ्न थालेपछि थप चिन्तित र आतङ्कित बनेका हुन् । सोही क्रममा कोहलपुर नगरपालिका वडा नम्बर १२, सुन्दरबस्तीमा शुक्रबार राति स्थानीय रबि टमटाको खोरमा रहेको तीन वटा बाख्रा चितुवाले मारेर खाएको छ । खोरमा थुनेर राखिएका तीनवटै बाख्रालाई चितुवाले राति आएर खाएको जनाउँदै टमटाले गत केही दिनदेखि यो क्षेत्रमा पटक पटक चितुवा देखिने गरेको र उसको स्वर समेत सुनिने…
Read More
प्रतिनिधि सभा निर्वाचन तयारी ‘प्रक्रियातर्फ ६० प्रतिशत काम सकियो’

प्रतिनिधि सभा निर्वाचन तयारी ‘प्रक्रियातर्फ ६० प्रतिशत काम सकियो’

मकवानपुर । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियागत काममध्ये आयोगले ६० प्रतिशत पूरा गरिसकेको बताउनुभएको छ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधि सभा पुनस्र्थापना वा चुनाव भनेर रुमल्लिनुपर्ने अवस्था अहिले नभएको बताउनुभयो । २०७७ को विघटनपछिको चुनावमा अदालतलको आदेश कुरेको स्मरण गराउँदै उहाँले अहिले फरक परिस्थितिमा विघटन भएकाले आयोगले तयारीमा कुनै अलमल नगरेको बताउनुभएको हो । चुनावको तयारीबारे समितिले गरेको छलफलमा भण्डारीले नेपालका हरेक आन्दोलनले संविधान प्रतिस्थापन गरे पनि अहिले संविधान यथावत् रहेको बताउनुभयो । संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिले सरकार निर्माण र चुनावको मिति तोकेको स्मरण गराउँदै भण्डारीले शासकीय प्रबन्ध लिकमा ल्याउन चुनाव सर्वोत्तम…
Read More
जिपको ठक्करबाट  बालिकाको मृत्यु

जिपको ठक्करबाट बालिकाको मृत्यु

मकवानपुर । बोलेरो जिपको ठक्करबाट लमजुङमा बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका –१, बागलुङपानी स्थित सडकमा शुक्रबार बलेरो जिपले ठक्कर दिँदा सोही ठाउँकी २ बर्षीया नेरिमा तामाङको मृत्यु भएको हो । क्व्होलासोथार गाउँपालिका –३, घलेगाउँबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६३०६ नम्बरको बोलेरो जिपले शुक्रबार बिहान ९ बजेतिर ठक्कर दिँदा बालिका घाइते भएकी थिइन् । घाइते बालिकालाई आमा कृति तामाङको साथमा तत्काल उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको लमजुङ प्रहरीले जनाएको छ । जिप चालक बेसीशहर नगरपालिका –९, बिम्दाबेसी बस्ने २९ बर्षीय मदन दुलाललाई नियन्त्रणमा लिइ दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी…
Read More

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

मकवानपुर । जेसीआई हेटौंडाले मकवानपुरगढी गाउँपालिका-६, गुर्दाङस्थित एक विपन्न घरपरिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग गरेको छ । सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न खाद्यान्न सामाग्री वितरण कार्यक्रमको संयोजक सरोज घिमिरे तथा मकवानपुरगढी गाउँपालिकाको पूर्वाधार विकास समितिका संयोजक बखान सिंह पाख्रीन प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए । ​संस्थाका सदस्य तथा शुभेच्छुकहरुको सहयोगमा संकलन भएका राहत सामग्रीहरू विपन्न परिवारलाई हस्तान्तरण गरिएको सन् २०२५ का महासचिव संजय कुमार न्यौपानेले जानकारी गराए । सहयोगी दाताहरूले चामल, चाउचाउ, बिस्कुट, दाल, तेल, चिउरा, भुजा, मस्यौरा, नगद, मोजा/जुत्ता र ब्ल्याङ्केट (कम्बल) जस्ता अत्यावश्यक वस्तुहरु सहयोग गरेका थिए । जेसीआई हेटौंडाले सामाजिक…
Read More
मानवसेवा आश्रम निर्माणार्थ विधिपूर्वक महायज्ञ

मानवसेवा आश्रम निर्माणार्थ विधिपूर्वक महायज्ञ

मकवानपुर । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि शुक्रबारदेखि बागलुङमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ । सडकमा जीवन विताउन बाध्य असहायलाई सेवा दिने उद्देश्यसाथ संरचना निर्माणार्थ महायज्ञ कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मानवताका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले महायज्ञ गरेर पूर्वाधार बनाउने उद्देश्य राखिएकाले पुण्य कार्यमा सहभागी हुन सबैलाई आव्हान गर्नुभयो । अध्यक्ष ढकालले आफ्नो गृह जिल्लामा सडकआश्रितको लागि भवन निर्माण गर्न महायज्ञ सञ्चालन भइरहेकाले आश्रम निर्माणमा व्यक्तिगत र संस्थागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महायज्ञ उद्घाटन अगाडि बागलुङ बजारदेखि महायज्ञस्थल तथा…
Read More
प्रहरीमाथि कुटपिटपछि बालसुधार गृहबाट नौ जना फरार

प्रहरीमाथि कुटपिटपछि बालसुधार गृहबाट नौ जना फरार

मकवानपुर । जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता हिजो (बिहीबार) अपराह्न सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् । फरार भएकामध्ये एक जना साँझमा आफैं सुधार गृहमा फर्किएका थिए भने अर्का एक जनालाई स्थानीयले समातेर बुझाएका थिए । बाँकी सात जना भने अझै फरार छन् । बाल सुधार गृहमा कार्यरत कर्मचारीहरु कार्यालय बन्द गरेर घर फर्किने समय पारेर उनीहरूले समूह बनाई ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी गेट खोलेर भागेका थिए । आक्रमणबाट ड्युटीमा रहेका तीन जना प्रहरी घाइते भएको बाल सुधार गृहका प्रमुख सञ्जिव न्यौपानेले जानकारी दिनुभयो । फरार भएकामध्ये दुई जना बाल बिझ्याइँकर्ता प्रहरीको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.