२०८० असार २९, शुक्रबार १०:४९
२०८० असार २९, शुक्रबार १०:४९
सिन्धुपाल्चोक ,१ कार्तिक सुनकोशी गाउँपालिकाले विजया दशमी , शुभ दिपावली , नेपाल संवत् , छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।सोही अवसरमा सुनकोसी गाँउपालिकाद्वारा कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौडेललाई ’सिन्धु पत्रकारिता सेतो बाघ’ ले सम्मान गरिएको छ । अध्यक्ष टपिन्द्र तिमल्सिना , उपाध्यक्ष कान्छी तामाङसहित अन्य जनप्रतिनिधिले उहाँलाई दोसल्ला ओडाएर सम्मान गरेका छन्। ०४९ सालबाट राससबाट पत्रकारिता सुरु गरेका पौडेल नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वसभापति समेत छन् । सम्मानित पत्रकार ऋषिराम पौडेलले पत्रकारिता कमाई गर्ने पेशा नभएको र आय आर्जन गर्ने भए व्यापार व्यवसाय तिर लाग्न सुझाव दिदै समाज परिर्वतनका लागि दिनरात नभनि स्वतस्फुर्त रुपमा समाज…