२०८२ माघ २८, बुधबार ०९:५६
२०८२ माघ २८, बुधबार ०९:५६
काठमाडौँ। तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपाल यसपटक पहिलो खेलमा टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै अन्तिमा चार रनले स्तब्ध बन्यो । पहिलो खेलमा सानदार प्रदर्शनसहित जित नजिक पुगेर हार खेपेको नेपालले समूहको दोस्रो खेल बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र इटालीबिचको खेल बिहीबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा ३स्१५ बजे सुरु हुनेछ । इङ्ल्यान्डसँगको खेलपछि नेपाली टोलीको प्रदर्शन क्षमता उच्च स्तरको रहेको भन्दै विश्व क्रिकेटमा चर्चा भईरहेको छ । इटाली टी–२० मा नेपालका लागि नयाँ प्रतिस्पर्धी हो । नेपालसहित इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेको समूह ‘सी’ मा इटाली तुलनात्माक रुपमा कमजोर मानिन्छ । हाल इङ्ल्यान्ड, वेस्ट…