Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । आजै मन्त्री पदबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् । मनोनयनको क्रममा उनले पुराना दलले केही काम नगरेपछि आफू उम्मेदवारी दिन आएको बताएका छन् । ‘पुरानाले त ३५ वर्षसम्म केही गरेनन् । नयाँले केही गर्छन् कि ?,’ उनले भने, ‘यिनले के गर्छन् अब पछि थाहा हुन्छ । म चाहिँ अहिले कुनै पनि पार्टीको कुरा सुन्दिनँ । पुच्छर हुँदिनँ ।’
Read More
मकवानपुर–२ बाट श्रम संस्कृति पार्टीकी युनिश लामाको उम्मेदवारी दर्ता

मकवानपुर–२ बाट श्रम संस्कृति पार्टीकी युनिश लामाको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट युनिश लामाले उम्मेदवारी दर्ता गरेकी छिन् । उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी हुन् । उनको उम्मेदवारी दर्तामा रुद्रबहादुर मुक्तान प्रस्तावक र शिवबहादुर केसी समर्थक रहेका छन् ।  
Read More
मकवानपुर–१ मा श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठको उम्मेदवारी दर्ता

मकवानपुर–१ मा श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठको उम्मेदवारी दर्ता

मकवानपुर । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य त्यागेकी विद्या श्रेष्ठले श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा उम्मेदवारी दर्ता गरेकी छिन् । घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर श्रेष्ठले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएकी हुन् । हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विरोधमा रहेकी श्रेष्ठको उम्मेदवारी दर्तामा प्रस्तावक ममता प्रधान र समर्थक प्रविन कुमार रजक रहेका छन् ।
Read More
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने

रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने

मकवानपुर । रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने बराष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजनीमा दिनुभएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएकाले उहाँहरुले सम्हाली आउनुभएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Read More
सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी

सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी

काठमाडौं । मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८८० रुपैयाँ पुगेको छ ।
Read More
सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हलेसी पेट्रोल पम्प अगाडि पथलैया–हेटौंडा सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार साँझ करिब ७ः३० बजेको समयमा हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०२–०५३ प ३७७० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको म।प्र।०३–००२ ख २७१८ नम्बरको आइचर मिनी ट्रकले बायाँ साइडबाट ठक्कर दिएको थियो । सोही क्रममा पछाडिबाट आउँदै गरेको म।प्र।०३–०३८ प ११७६ नम्बरको अर्को मोटरसाइकलसमेत आपसमा ठोक्किन पुगेको ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार जिल्ला बारा, कलैया उपमहानगरपालिका–२० बसतपुर निवासी २४ वर्षीय रुपेश…
Read More
यी हुन् रास्वपा बागमती प्रदेशका उम्मेदवार (सूचीसहित)

यी हुन् रास्वपा बागमती प्रदेशका उम्मेदवार (सूचीसहित)

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले बाग्मती प्रदेशका उम्मेदवार पनि टुङ्गो लगाएको छ । निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यी हुन् रास्वपा बागमती प्रदेशका उम्मेदवार: सिन्धुली–१  :  धनेन्द्र कार्की सिन्धुली–२   : आशिष गजुरेल रामेछाप    : डा. कृष्णहरि बुढाथोकी दोलखा  :  ई. जगदीश खरेल सिन्धुपाल्चोक–१   : बाँकी सिन्धुपाल्चोक–२   : अजय श्रेष्ठ काभ्रे–१  :  मधु चौलागार्ई काभ्रे–२  :  बदन भण्डारी मकवानपुर–१  :  प्रकाश गौतम मकवानपुर–२  :  प्रशान्त उप्रेती चितवन–१ :   हरि ढकाल चितवन–२   :  रवि लामिछाने चितवन–३   :  सोविता गौतम काठमाडौं–१ :   रञ्जु दर्शना काठमाडौं–२  :  सुनील केसी काठमाडौं–३  :  राजु पाण्डे…
Read More
आज देशभर उम्मेदवारी दर्ता

आज देशभर उम्मेदवारी दर्ता

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन लागेको जनाएको छ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । आयोगले यसअघि…
Read More
रुखबाट लडेर एकको  मृत्यु

रुखबाट लडेर एकको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका–१ पिनालेखका ४८ वर्षीया लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार सोमबार बेलुकी रुखमा चढेर डालेघाँस काट्ने क्रममा लडेर घाइते भएका कार्कीको उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
Read More
शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

काठमाडौं।  शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बतायो । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.