Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ५८४ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन, शून्य दशमलव १०, जलविद्युत् शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त…
Read More
चिसोका कारण चिनियाँ बजारमा जान छोडे स्थानीय

चिसोका कारण चिनियाँ बजारमा जान छोडे स्थानीय

मुक्तिनाथ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरका पेमा छिरिङ गुरूङले अत्यधिक चिसोसँगै नेपाल–चीन जोड्ने कोरला नाकामा रहेको व्यवसाय बन्द गरी पोखरा झर्नुभएको छ । बिहान–बेलुका माइनस तापक्रमका कारण २४ नम्बर पिल्लर आसपासमा रहेका अधिकांश पसल बन्द गरी जाडो छल्न बेँसी झरिसकेका छन् । करिब ५४ वटा पसल रहेकोमा अत्यधिक चिसोका कारण सीमापारि चिनियाँ बजारमा व्यवसाय गर्न जानेको सङ्ख्या घट्दै गएको छ । कोरला नाका क्षेत्रमा करिब एक सय ५४ जना स्थानीयले व्यवसाय गर्ने गरेकोमा अहिले विद्युतीय सवारीसाधन ल्याउने, सामान ढुवानी गर्नेहरूलाई चिया, नास्ता र खाना खुवाउन दुई–चारवटा पसलबाहेक सबै बन्द भएको युवा व्यवसायी पेमा छिरिङ गुरूङले बताउनुभयो । गुरूङ भन्नुहुन्छ,…
Read More
काठमाडौंका १०७ विद्यालय खारेजीको तयारी

काठमाडौंका १०७ विद्यालय खारेजीको तयारी

मकवानपुर । काठमाडौं महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ। महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो। स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ। विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। महानगरले अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाउन लागेको जनाएको छ। त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन भनेको हो। तोकिएको समयभित्र सम्पर्क…
Read More
१२ कक्षाको परीक्षाका लागि आवेदन फाराम खुल्यो

१२ कक्षाको परीक्षाका लागि आवेदन फाराम खुल्यो

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुलाएको छ । २०८३ सालमा हुने वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले जानकारी दिएको छ । २०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका शुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो । परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नु पर्ने हुन्छ । यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले आज निकालेको सूचनामा…
Read More
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

मकवानपुर । विघठित संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले पूरक रिट लिएर सर्वोच्च अदालत जाँदैछन्। संसद पुनस्र्थापनाका लागि छुट्टाछुट्टै रिट दायर गरेका उनीहरुले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लैजान लागेका हुन्। त्यसअघि हिजो मात्र कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दोस्रोपटक भेट भएको थियो। पुरापुर रुपमा निर्वाचन स्वीकार्ने पक्षमा रहेको कांग्रेस मंसिर १९ गते देउवा र ओलीबीच भएको भेटपछि संसद पुनस्र्थापनाका लागि रिट लिएर गएको थियो। हिजोको भेटले यो मुद्दालाई थप परिपक्व बनाएको देखाएको छ। कांग्रेस सचेतक सुशीला थिङले आज पूरक रिट दर्ता गरिने बताइन्। उनकाअनुसार संसद पुनस्र्थापनाका पक्षमा कांग्रेसका ६५ सांसदले…
Read More
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

मकवानपुर । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ ११ पैसा कायम गरिएको छ…
Read More
रवि लामिछाने र बालेन साहबीच भेटवार्ता, बालेनलाई प्रधानमन्त्री बन्न प्रस्ताव

रवि लामिछाने र बालेन साहबीच भेटवार्ता, बालेनलाई प्रधानमन्त्री बन्न प्रस्ताव

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच आइतबार र सोमबार गरि २ पटक भेटवार्ता भएको छ । दुइ नेताबीच ७ घण्टा भन्दा बढी छलफल भएको र आगामी निर्वाचनमा सहकार्य गरेर जाने बिषयमा वार्ता सकारात्मक रहेको श्रोतले बताएको छ । रवि लामिछानेले फागुन २१ को आमनिर्वाचनमा बालेनलाई नै प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्ने प्रस्ताव राखेको बालेन निकट स्रोतले बताएको छ। यसका लागि बालेनसमेत संलग्न देश विकास पार्टी र रास्वपा एकीकरण गर्ने र एकीकृत पार्टीको नाम रास्वपा राख्ने प्रस्ताव गरिएको बालेन निकट स्रोतले दाबी गरेको छ। रास्वपा स्रोतले भने बालेनसँग सहकार्य गरेर जानेबारे छलफल भइरहे…
Read More
सुनचाँदीको भाउमा लगातार  बढ्दो

सुनचाँदीको भाउमा लगातार बढ्दो

मकवानपुर । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार २ सय ३५ रुपैयाँ रहेको थियो ।
Read More
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उहाँले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताउनुभयो । एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उहाँको भनाइ थियो । “सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उहाँले भन्नुभयो । जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफु सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको उहाँले बताउनुभयो ।
Read More
सन्दीप बिपीएल खेल्न आज बङ्गलादेश जाने

सन्दीप बिपीएल खेल्न आज बङ्गलादेश जाने

काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग ९बिपीएल० मा भाग लिन आज बङ्गलादेश जानुहुँदैछ । सन्दीपले बिपीएलमा राजशाही वारियर्स टोलीबाट प्रतिस्पर्धा गर्नुहुनेछ । सन्दीपलाई एक साताअघि मात्र राजशाहीले अनुबन्ध गरेको थियो । सन्दीपले यसअघि पनि सन् २०१८/१९ को सिजन सिलेट सिक्सर्सबाट बिपीएलमा खेल्नुभएको थियो । उहाँले त्यतिबेला ६ खेल खेल्दै चार विकेट लिनुभएको थियो । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सन्दीपले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक सय २९ विकेट लिनुभएको छ । उहाँले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सबाट प्रतिस्पर्धा गर्नुभएको थियो । विराटनगरका कप्तानसमेत रहनुभएका सन्दीप एनपिएलमा १७ विकेट लिँदै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.