Alag Dhar

स्वास्थ्य


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010

बागमती प्रदेशको ‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान हेटौंडाबाट सुरु

  हेटौंडा / बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिका स्वस्थ सहर बन्ने भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी अनुसार प्रदेशको राजधानी समेत रहेको हेटौँडालाई स्वस्थ सहर बनाउने कार्यको थालनी गरिएको हो । ‘एक जिल्ला एक स्वस्थ सहर’ कार्यक्रम अन्तर्गत हेटौँडा उपमहानगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम मङ्गलवार हेटौँडामा आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य कार्यालयका अन्य कर्मचारीसहित हेटौँडा उपमहानगरपालिका प्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्य एवम् कर्मचारीहरुलाई स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि…
Read More
बागलुङको ढोरपाटनमा सात जनामा दादुरा संक्रमण

बागलुङको ढोरपाटनमा सात जनामा दादुरा संक्रमण

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा पुष्टि भएसँगै संक्रमितको संख्या सात पुगेको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यसअघि उक्त नगरपालिकाको वडा नंं ७, ८ र ९ का पाँच जना दादुरा सङ्क्रमित पुष्टि भएको थियो । भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले ढोरपाटनमा दादुरा सङ्क्रमण फैलाएका थिए । प्रमुख गौतमले दादुरा सङ्क्रमित सबैको बुर्तिवाङ अस्पताल र बोबाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको जानकारी दिए । दादुरा सङ्क्रमण देखिएको ठाउँबाट फैलिन नदिनेका लागि रोकथाम तथा नियन्त्रणको प्रयास…
Read More
आज विश्व क्यान्सर दिवस मनाईंदै

आज विश्व क्यान्सर दिवस मनाईंदै

मकवानपुर । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सरलाई अर्बुद रोग भनेर पनि चिनिन्छ । समयमै पहिचान हुनसके अनि उपचार भएमा क्यान्सरको जटिल अवस्थालाई रोक्न सकिने डाक्टरले बताएका छन् । कतिपय क्यान्सर शुरूआती उपचारबाट निको पनि हुन्छ । नेपालमा देखिने ५ प्रमुख क्यान्सरमा फोक्सो, स्तन, आमाशय, आन्द्रा र पाठेघरको क्यान्सर रहेका छन् । मुखसहित अरु अंगमा पनि क्यान्सर हुने गरेको छ । समय समयमा स्वास्थ्य जाँच नगराउने प्रवृत्तिले क्यान्सरको पहिचानमा समस्या र रोग जटिल अवस्थामा पुगेपछि गरिने उपचारमा लाग्ने खर्च महँगो छ । जाँडरक्सी र…
Read More
सङ्क्रमण रोक्न अन्तरिम निर्देशिका

सङ्क्रमण रोक्न अन्तरिम निर्देशिका

मकवानपुर । भारत तथा बङ्गलादेशमा निपाह भाइरस देखिएपछि नेपालमा फैलन सक्ने सम्भावना बढेको छ । ४० देखि ७५ प्रतिशत मृत्युदर रहेको निपाह भाइरस फैलिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको नमुना सङ्कलन तथा परीक्षणका लागि अन्तरिम निर्देशिकासमेत जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारत तथा बङ्गलादेशमा समेत निपाह भाइरस देखिसकेको अवस्थामा नेपालमा फैलन सक्ने सम्भावना रहेकोले अन्तरिम निर्देशिका जारी गरेको जानकारी दिनुभयो । “निपाह भाइरस हालसम्म नेपालमा देखा परेको छैन,” उहाँले भन्नुभयो, “फैलन सक्ने जोखिम विद्यमान छ, त्यसैले त्यही जोखिमलाई ध्यान दिँदै नमुना सङ्कलन र परीक्षणका लागि अन्तरिम निर्देशिका सार्वजनिक गरेका हौँ ।”…
Read More
गुल्मीमा एचपीभी खोप अभियान सञ्चालन हुदैँ

गुल्मीमा एचपीभी खोप अभियान सञ्चालन हुदैँ

गुल्मी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १०-१४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिन लागेको हो । विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीहरूलाई समेत खोपको पहुँचमा ल्याइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिए…
Read More
नौ प्रकारका औषधि उत्पादन गर्ने  तयारी

नौ प्रकारका औषधि उत्पादन गर्ने तयारी

मकवानपुर । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका लागि औषधि व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने जानकारी दिनुभयो । यसअघि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छ ।
Read More
मर्यादित महिनावारी सङ्कल्प प्रस्ताव कार्यान्वयनमा ढिलाइ

मर्यादित महिनावारी सङ्कल्प प्रस्ताव कार्यान्वयनमा ढिलाइ

मकवानपुर । राष्ट्रियसभाबाट पारित ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन ढिलाइ भएको छ । सो प्रस्तावका अवस्थाबारे आयोजित छलफलमा सहभागी राष्ट्रियसभाका सभापति, सङ्कल्प प्रस्तावका प्रस्तावकलगायतले कार्यान्वयनमा ढिलाइ भए पनि पहल भइरहेको बताएका छन् । बिहीबार नेपाल एफएम नेटवर्कले आयोजना गरेको कार्यक्रममा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले उक्त सङ्कल्प प्रस्तावको कार्यान्वयन विषयमा पटकपटक छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाले निर्देशन दिने हो, कार्यान्वयन गर्ने पाटो सरकारको हो । महिला मन्त्रालयसँग छलफल गर्दा कार्यविधि बनाएर अघि जाने कुरा भएको छ । हामीले यसलाई प्राथमिकतामा राखेका छौँ ।” सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जन शेर्पाले…
Read More
२ घण्टा अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द

२ घण्टा अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द

मकवानपुर । मकवानपुरका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरु आन्दोलित भएका छन् । समान काम समान ज्यालाको माग गर्दै उनीहरुले बुधबारदेखि २ घण्टा अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गरेका हुन् । नेपाल नर्सिङ संघको राष्ट्रव्यापी आन्दोलनको आह्वानअनुसार नर्सहरुले आफ्ना मागहरू पूरा गराउन दबाव दिँदै बिहान १० बजेदेखि १२ बजेसम्म काम रोकेर बिरोध प्रदर्शन गरेका हुन् । संघको पूर्वनिर्धारित कार्यक्रमअनुसार यो आन्दोलनको दोस्रो चरण हो । यसअघि गत कात्तिक ४ गतेदेखि ११ गतेसम्म मकवानपुरका नर्सहरुले हेटौँडा अस्पताललगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा हातमा कालोपट्टी बाँधेर सेवा प्रदान गरेका थिए । माग सुनुवाई नभएपछि आन्दोलनलाई थप सशक्त बनाइएको नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालले…
Read More
चौतारा अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र

चौतारा अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र

केशव अधिकारी चौतारा - विश्व रेडक्रस दिवसको पूर्वसन्ध्यामा चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा ‘रक्त सञ्चार सेवा केन्द्र उद्घाटन तथा खुला रक्तदान कार्यक्रम’ गरिएको छ । चौतारा अस्पताल परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद सापकोटाले रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन गरेका हुन्। नगरपालिकाले केन्द्रमा आवश्यक जनशक्ति र प्रविधिको व्यवस्था गरेको छ भने भवन सुविधा चौतारा अस्पतालले उपलब्ध गराएको हो। नगरप्रमुख सापकोटाले उद्घाटन समारोहमा बोल्दै नगर क्षेत्रभित्र सुरक्षित रक्त आपूर्तिको सुनिश्चितताका लागि यस्तो सेवा केन्द्र आवश्यक रहेको बताए। रगत आवश्यकता परेपछि मात्र खोज्ने वस्तु नभइ यसको लागि पूर्वतयारी आवश्यक हुने भन्दै उनले सेवा केन्द्रले आकस्मिक अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा…
Read More
सिन्धुपाल्चोकमा बोलेरो दुर्घटनामा १२ जना घाइते, दुईको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटनामा १२ जना घाइते, दुईको अवस्था गम्भीर

सिन्धुपाल्चोक — सोमबार जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको गोल्माथाङ मन्दिरभन्दा माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते भएका छन् । ईलाका प्रहरी बाह्रबिसेका अनुसार बा १९ च ८३०४ नम्बरको बोलेरो मोडमा ठोक्किँदा यसमा सवार १२ स्थानीय यात्रु घाइते भएका हुन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । ‘बाँकी घाइतेको बाह्रबिसे बजारस्थित बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ, बोलेरो चालक प्रहरीले नियन्त्रणका लिएको छ,’ ईप्रका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले भने । स्वास्थ्यकर्मीका अनुसार घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । सोमबार बिहान दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए । नजिकै बस्ती भएकाले दुर्घटनामा तत्काल उद्धार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.