Alag Dhar

सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ सम्पन्न

चौतारा/ ८ औं सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ शनिवार सम्पन्न भएको छ । प्रतियोगिता अन्र्तगत ६० किलोमिटर र २८ किलोमिटर गरी दुई बिधामा रेस गरिएको थियो । चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा ठूलो शिरुबारीबाट ६० किलोमिटरको रेस सुरू गरिएको थियो । यस्तै जलबिरेबाट अन्तराष्ट्रिय किसान अभियान ’ला भिए क्यामपेनसिना’को अन्तराष्ट्रिय समन्वय समितिको सदस्य प्रमेश पोख्रेलको प्रमुख आतिथ्यमा २८ किलोमिटर रेस सुरू गरिएको थियो ।

६ घन्टा ९ मिनेट १२ सेकेण्डमा ६० किमीको दौड पूरा गर्दै वेद बहादुर सुनुवार प्रथम भए । दोस्रो हुने मनकुमार रोकामगरले ६ घण्टा १६ मिनेट ४६ सेकेण्ड समय लगाए तेस्रो हुने अशोक बरमले ६ घण्टा ४९ मिनेट ३० सेकेण्डमा दौड पूरा गरेका थिए ।

महिलातर्फ ६० किमी दौडमा १० घन्टा १० मिनेट १४ सेकेण्डमा पूरा गरी पदम कुमारी प्रथम, १० घन्टा १० मिनेट १८ सेकेण्डमा दौड पूरा गरि आश्मा बिक दोस्रो र १२ घन्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरि डेनिस नागरिक श्टिना हाइजेलबर्ग तेस्रो भए ।

यस्तै २८ किमी पुरुषतर्फको दौडमा २ घण्टा २१ मिनेट ४६ सेकेण्डमा दौड पूरा गरि सुमन कुलुङ प्रथम भए भने महिला तर्फ प्रिया राईले ३ घन्टा ११ मिनेट ३२ सेकेण्डमा दौड पूरा गरी प्रथम भइन् ।

२८ किमीमै पुरुषतर्फ दोस्रो भएका करण रावलले २ घण्टा २१ मिनेट ४६ सेकेण्ड र तेस्रो भएका निरज भट्टले २ घण्टा २९ मिनेट ५२ सेकेण्डमा दौड पूरा गरेका थिए । २८ किमी महिलातर्फ दोस्रो भएकी सबिना राईले ४ घण्टा २२ मिनेट ८ सेकेण्ड र तेस्रो भएकी स्याली माउल्डस्ले ४ घन्टा ४४ मिनेट २५ सेकेण्डमा दौड पूरा गरेका थिए ।

प्रतियोगिताको ६० किलोमिटरको रेसमा ११ पुरुष र ३ महिलाले सहभागीता जनाएका थिए भने २८ किलोमिटरको रेसमा १६ महिला र २९ पुरुष दौडिएका थिए । कार्यक्रम समापनमा मन्तब्य राख्दै समुदायमा आधारित गैरनाफामुलक यस रेसले सिन्धुपाल्चोकलाई अन्तराष्ट्रिय मञ्चमा चिनाएको प्रतियोगिताको संयोजक महेश दाहालले बताएका छन् । उनले रेसका विजयी खेलाडीले अन्तराष्ट्रिय दौड प्रतियोगितामा समेत जितेको बताए । २०७२ को भूकम्पपश्चातको उद्दारका लागि समेत रेस आयोजना गरिएको थियो । यो रेस ८ औं संस्करणको भएको आयोजकले जनाएको छ ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.