२०८२ जेष्ठ १५, बिहीबार ०४:५७
२०८२ जेष्ठ १५, बिहीबार ०४:५७
मकवानपुर । गणतन्त्र दिवस–२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनुभएको छ । " यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु" उहाँले सन्देशमा भन्नुभएको छ। आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती प्रदेश प्रमुख देवकोटाल्र हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । "संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि हो" उहाँले सन्देशमा भन्नू भएको छ "जुन नेपाली जनताको लामो संघर्ष, बलिदान र अथक प्रयासको देन हो।" ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतासँगै मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौमसम्पन्न बनाउँदै…