Alag Dhar

शिक्षामन्त्री पुनले हटाए कार्यालयको ‘माननीय’ बोर्ड

मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले नामको अगाडि माननीय लेखिएको बोर्ड कार्यकक्षबाट हटाएका छन्।

कार्यकक्ष प्रवेश गर्ने ढोका बाहिर मन्त्रीको नाम लेखिएको बोर्ड राख्ने गरिएको हुन्छ। बोर्डमा मन्त्री कार्यकक्षमा रहे नरहेको तथा व्यस्त रहेकोबारे जानकारी दिन ‘भित्र, बाहिर र व्यस्त’ लेखिएको हुन्छ।

सोही बोर्डमा कर्मचारीले मन्त्री पुनको नाम अगाडि माननीय लेखेका थिए। त्यो देखेपछि मन्त्री पुनले माननीय हटाएर नाम मात्र लेख्न निर्देशन दिएका हुन्। त्यसपछि कर्मचारीले पेपरमा प्रिन्ट गरेर नाम मात्र राखेर टासेका छन्।

मन्त्री पदको शपथलगत्तै पदभार ग्रहण गर्दा उनले आफूलाई माननीय मन्त्री नभन्न आग्रह गरेका थिए।

मन्त्रालयभित्र कर्मचारीले मन्त्री भन्न सक्ने भए पनि बाहिर कसैले पनि मन्त्री भनेर सम्बोधन नगर्न उनले आग्रह गरेका थिए ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.