Alag Dhar

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै ज्ञापनपत्र

मकवानपुर । प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश समितिले बिहीबार मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रदेश समन्वय परिषद्को बैठक यथाशीघ्र बोलाई वर्तमान परिस्थितिको समीक्षा गर्दै प्रदेश र स्थानीय सरकारबिचको प्रभावकारी अन्तरसम्बन्ध र सहकार्य, जेन–जी प्रदर्शनका क्रममा भएको क्षतिको समीक्षा गर्दै पुनर्निर्माण तथा पुनस्र्थापना योजना निर्माण, चालु आव २०८२–८३ का स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धमा छलफल गरिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै, बैठकमा क्षतिग्रस्त स्थानीय सरकार र जिल्ला समन्वय समितिका संरचनाको अस्थायी व्यवस्था गरी सेवा प्रवाहलाई सुचारु गर्न सहजीकरण गर्न विकास साझेदार निकायहरू र प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (पिएलजिएसपी) लगायतका स्रोतसाधनलाई प्रभावकारी उपयोग गर्न प्रदेश निर्देशक समितिको बैठक गरी उचित निर्णय लिनुपर्ने, राष्ट्रिय समन्वय परिषद्को तत्काल बैठक आव्हान गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने र प्रदेश समन्वय परिषद्को तर्फबाट राष्ट्रिय समन्वय परिषदमा पेस गर्नुपर्ने एजेन्डाहरूको बारेमा छलफल हुनुपर्ने जनाइएको छ ।

मुख्यमन्त्री बानियाँले संघ, महासंघले उठाएका विषयहरूलाई सम्बोधन गर्न यथाशीघ्र प्रदेश समन्वय परिषद्को बैठक बोलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगर, जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश अध्यक्ष ललित घलान, सचिव सानुकाजी लुइँटेल, सहसचिव तारा ढुङ्गाना लगायतको उपस्थिति थियो ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.