Alag Dhar

कृषकलाई धानबाली भित्र्याउने चटारो

मकवानपुर । जिल्लाका किसानलाई अहिले धानबाली भित्र्याउन भ्याइनभ्याई छ । जिल्लाकै सबैभन्दा ठुलो फाँट झिमरुक फाँटमा यतिबेला किसानहरु धान भित्र्याउने चटारो छ ।

पानी पर्ने मौसम पूर्वानुमानले धान नकाटी बसेका किसान अहिले धान काट्न र थ्रेसर लगाउन व्यस्त छन् । दसैंअघि नै पाकिसके पनि पानी पर्ने पूर्वानुमानले धान नकाटेको र अहिले धान भित्र्याउन चटारो भएको किसान रिमबहादुर घर्तीले बताउनुभयो ।

“पानी पर्ने डरले धान काटिएन” उहाँले भन्नुभयो, “अहिले काम गर्न भ्याइनभ्याई छ ।” तिहारअघि नै धानबाली भित्र्याउन सबै किसान लागिपरेको उहाँको भनाइ छ । सिँचाइको राम्रो सुविधा भएको झिमरुक फाँटमा समयमै धान रोप्ने र समयमै उत्पादन हुने गर्दछ ।

अझ पछिल्लो समय मेसिन औजारको प्रयोगले खनजोतदेखि अन्य काम गर्न किसानलाई सहज भइरहेको विमला पौडेलले बताउनुभयो । ‘दिनभर लाग्ने काम मेसिनले एकै घण्टामा सकिन्छ’ उहाँले भन्नुभयो ।

जिल्लामा धान उत्पादन बढाउन राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले धानजोनको रुपमा काम गर्दैआएको छ । चैते धान र बर्खे धान गरी दुई बाली धानखेती गरी उत्पादन बढाउन कार्यालयले किसानलाई सहयोग गर्दैआएको छ । कृषि यान्त्रीकरण, उचित बिउको सिफारिस गरी उत्पादनमा किसानलाई सहयोग गर्दैआएको छ । जसले गर्दा धान उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुँदैआएको परियोजनाका कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो ।

जिल्लाभर ६ हजार पाँचसय हेक्टर क्षेत्रफलमा धानखेती हुनेगरेको छ । त्यसबाट वार्षिक २८ हजार मेट्रिक टन धान उत्पादन हुनेगरेको सरकारी तथ्याङ्क छ । उन्नत बिउ, प्रविधिको प्रयोगले किसानलाई उत्पादन लागत कम भएको गिरीले बताउनुभयो । मेसिनको प्रयोगलाई अझै बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

मुख्य समाचार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

मकवानपुर । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकल...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएक...
कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । पुनर्वास नगरपालिका–...
हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.