Alag Dhar

लमजुङमा ४७ जनामा डेंगु संक्रमण पुष्टि

मकवानपुर । लमजुङमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । असोज २२ गतेसम्म जिल्लामा ४७ जना डेङ्गु संक्रमित भएका छन् ।

बेसीसहरस्थित प्रदेश अस्पतालसहित जिल्लाका विभिन्न स्थानीय तहहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी उपचारका लागि आउनेको संख्या बढ्दै गएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार असोज १ गतेदेखि २२ गतेसम्म जिल्लामा ४७ जनामा डेङ्गु संक्रमण पुष्टि भएको पाइएको छ । सदरमुकाम बेसीशहरमा मात्रै असोज महिनामा २५ जना डेङ्गुका विरामी अस्पताल पुगेको प्रदेश जनस्वास्थ्य कार्यलय लमजुङका प्रमुख प्रविण कुमार खनालले बताउनुभयो । त्यस्तै सुन्दरबजारमा १४ जना, राइनासमा ४ जना र मध्यनेपालमा ४ जना डेङ्गु संक्रमित भेटिएको जनस्वास्थ्य कार्यलयले लमजुङले जनाएको छ ।

सदरमुकाम बेसीसहरसहित जिल्लाका विभिन्न भागमा डेंगु संक्रमणको जोखिम बढ्दै गएपछि चिकित्सकहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । जिल्लामा गत साउन र भदौ महिनामा मात्रै ९३ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो । सो अबधिमा बेसीशहरका मात्रै ३० जनामा डेङ्गु संक्रमण पुष्टि भएको कार्यलयको तथ्याङ्क छ ।

सो अवधिमा राईनास नगरपालिकामा १७ जना, मस्र्याङदी गाउँपालिकामा ११ जना, दोर्दी गाउँपालिकामा आठजना, मध्यनेपाल, दुधपोखरी र क्होलासोँथारमा एकएक जनामा डेङ्गु संक्रमण देखिएको थियो । त्यसैगरी जिल्ला बाहिरका आठजना पनि डेङ्गु संक्रमण भएर स्वास्थ्य संस्थामा उपचार गर्न आएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेङ्गु रोग सर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु डेङ्गु रोगबाट बच्ने एकमात्र उपाय रहेको स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.