Alag Dhar

च्याउटारबेसीमा पहिरोबाट १५ घर उच्च जोखिममा

मकवानपुर । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ च्याउटारबेसीमा पहिरोका कारण १५ घरपरिवार उच्च जोखिममा परेका छन् ।

यहि असोज १७ र १८ गतेको अबिरल वर्षाका कारण उक्त बस्ति माथिबाट गएको पहिरोका कारण ती घर परिवार जोखिममा परेको हो । असोज १८ गते बिहान गएको उक्त पहिरोबाट निरबहादुर पाण्डेको गोठ र सौचालय भत्किएर क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, उक्त बस्तीका कुन्जरमणि बराल, ज्वालाप्रसाद न्यौपाने, ठाकुरप्रसाद न्यौपाने, सुरेस न्यौपाने, सुरेन्द्र न्यौपाने, शान्तिप्रसाद न्यौपाने लगायतको घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । जोखिममा परेका परेका परिवार बस्नका लागि अन्यत्र ठाउँ(घर) नभएकाले राति सुत्न सुरक्षितस्थान खोज्दै जाने गरेको र दिउँसो आफ्नै घरमा आई बस्ने गरेको उक्त पहिरो पीडित तथा गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बस्ति माथिको पहिरो तथा ठुलो ढुङ्गाले पूरै बस्ति नै जोखिममा परेको छ । ढुङ्गा फुटाएर हटाउन तथा पहिरो नियन्त्रणका लागि गाउँपालिकाले गर्न सक्ने पहल गरी रहेको छ । त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई पनि जानकारी गराई सकेका छौं ।’’

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले उक्त पहिरो तथा ढुङ्गा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट नेपाली सेनालाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँग समेत सो ढुङ्गा/चट्टान हटाई बस्ती बचाउन सहयोग माग गर्ने निर्णय भएको छ ।’’

मुख्य समाचार

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौं । हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको छ । हिजो ५ हजार १०० रुपैयाँले घटेको सुनको...
विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.