Alag Dhar

खोलामा डुबेपछि एक युवकको मृत्यु

मकवानपुर । सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरा नगरपालिकामा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । बलरा नगरपालिका–१०, सुदामा गाउँका २८ वर्षीय विवेक भन्ने हरिशङ्कर चौधरीको मनुष्मारा खोलामा डुबेर मृत्यु भएको हो ।

चौधरी शुक्रबार बिहान सुदामा ब्यारेजभन्दा ३० मिटर पूर्वतर्फ खोलाको पानीमा डुबिरहेको अवस्थामा मृत फेला जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् डिएसपी सरोज राईले जानकारी दिनुभयो ।

डिएसपी राईका अनुसार चौधरी बिहीबार बेलुकादेखि बेपत्ता हुनुभएको थियो । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवातर्फ पठाएको छ ।

एक साताअघिको भारी वर्षापछि जिल्लाका विभिन्न खोला, खोल्सा र नहमा अझै पानी जमिरहेकाले आउजाउ गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । चार दिनअघि पर्सा गाउँपालिका–१, हर्दी खोलामा बेवारिसे महिला मृत अवस्थामा फेला पर्नुभएको थियो भने तीन दिनअघि मलङ्गवा नगरपालिका–५, भाडसरमा लखन्देही खोलाको बाँध नजिक पौडी खेल्न जाँदा सोही ठाउँका १८ वर्षीय ओम ठाकुरको डुबेर मृत्यु भएको थियो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.