२०८२ आश्विन २५, शनिबार १३:२५
२०८२ आश्विन २५, शनिबार १३:२५
२५असोज/हेटौंडा – हेटौंडा–६, चौघडास्थित गुप्तेश्वरी टोल विकास संस्थाको २३औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष नानिमाया रुम्बाको अध्यक्षतामा सम्पन्न सभामा वडा नं. ६ का वडा सदस्य लेखराज ढकाल प्रमुख अतिथि रहेको थियो। कार्यक्रममा वडा सदस्य मुना बिक, टोबिस नगर समन्वय समितिका उपाध्यक्ष बिष्णु ढुंगाना, चौघडा बचतका सचिव अर्जुन हुमागाई, वंशगोपाल माबीका सहायक प्रध्यानाध्यापक रबिन्द्र गौतम, नौलो बिहानी कृषि सहकारीका सचिव नेत्रप्रसाद ढुंगेल तथा प्रहरी चौकी चौघडाका प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुन देवकोटा लगाएतको उपस्थिति रहेको थियो। सभामा गत वर्षको वार्षिक प्रगतिविवरण, आर्थिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो। वक्ताहरूले टोल विकास…