Alag Dhar

बन्दीपुरमा भिरबाट लडेका पूर्व प्रहरी हवलदारको मृत्यु

मकवानपुर । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभन्ज्याङका ७३ वर्षीय पूर्व प्रहरी हवलदार खुदबहादुर आलेको भिरबाट लडी मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुरका अनुसार शुक्रबार साँझ करिब ५ बजेर ३ मिनेट जाँदै गर्दा आफन्तको बिहेबाट घर फर्किने क्रममा आले दुर्घटनामा परेका हुन् । उनी सोही गाउँपालिका–५ स्थित सडक खण्डमा सन्तुलन गुमाई करिब १५ मिटर तल खसेका थिए । घाइते अवस्थामा स्थानीयले देखेर उहाँलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्‍याए पनि डाक्टरले साँझ ६ बजेर ३ मिनेटमा मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.