Alag Dhar

अस्थायी आवास निर्माणका लागि पहिरोपीडितलाई ५० हजार अनुदान

मकवानपुर । दोलखाको तामाकोसी गाउँपालिकाले बाढी पहिरोपीडितलाई अस्थायी आवास बनाउन ५० हजार अनुदान दिने भएको छ । शुक्रबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले पहिरोको उच्च जोखिममा घरहरुको अस्थायी आवास निर्माण गर्न गाउँपालिकाले ५० हजार रुपियाँ दिने निर्णय गरेको हो ।

यही असोज १८ गतेको अविरल वर्षाका कारण तामाकोशी गाउँपालिका वडा नम्बर २ को रातो पहिरो र वडा नम्बर १ को जोगिटार माझीगाउँ पहिरोका कारण १३ घरधुरी उच्च जोखिममा परेका थिए ।

पहिरोस्थल निरीक्षण, प्रहरी मुचुल्का र भौगर्भिक अध्ययन प्रतिवेदनबाट पहिचान भएका पहिरोबाट जोखिम घरपरिवारलाई तत्काल जोखिम भएको स्थानबाट स्थानान्तरण गरिने निर्णय गरिएको तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो ।

स्थान्तरण हुने घरहरुलाई स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि अनुसार तामाकोशी गाउँपालिकाको विपद्÷प्रकोप व्यवस्थापन कोषबाट अनुदान उपलब्ध गराईने अधिकृत दर्जीले बताउनुभयो ।

विपद् व्यवस्थापन समितिको बैठकले पहिरोबाट प्रभावित घर परिवारलाई ‘सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनर्स्थापना गर्न आवश्यक बजेट र पहलका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालय दोलखालाई पत्राचार गर्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले पहिरोबाट हुने जोखिम र सम्भावित क्षतिको न्यूनीकरणका लागि बस्ति संरक्षण गर्न आवश्यक बजेट विनियोजन गरी पहिरो रोकथामका गर्न राष्ट्रिय विपद् जोखिम न्यूनस्करण व्यवस्थापन प्राधिकरण र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालय दोलखालाई पत्राचार गर्ने भएको हो ।

पहिरोबाट जोखिममा रहेको बस्तिहरुको अल्पकालिन रुपमा पहिरो न्यूनीकरण र रोकथामका लागि तत्काल गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्राविधिक मूल्याङ्कन र प्रतिवेदनको आधारमा पानी कटाउने र वृक्षरोपण कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा भू–संरक्षणसँग सम्बन्धित निकायहरुमा बजेट विनियोजनका लागि अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.