Alag Dhar

दैनिक हजार बढी पर्यटक मनाङ पुग्दै

मकवानपुर । जेनजी आन्दोलन र वर्षाले सुस्ताएको मनाङको पर्यटन अक्टोबर लागेसँगै उकालो लागेको छ । चाडपर्व सुरु, मौसममा सुधार भएसँगै यो सिजनको पहिलो महिना अक्टोबरको सुरुमै दैनिक एक हजार बढी पर्यटकले मनाङको भ्रमण गरेका छन् ।

सन् २०२५ सेप्टेम्बर महिनामा अनापूर्ण सर्किट ट्रेक तथा अन्य पदयात्रा मार्गहरूका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङअन्तर्गत कुल दुई हजार आठ सय ६५ पर्यटकहरू प्रवेश गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । भुजेलले एक हजार सात सय २९ पुरुष, एक हजार एक सय ३५ महिला, तथा एक अन्य पर्यटकले मनाङ भ्रमण गरेको बताउनुभयो ।

उहाँका अनुसार वर्षाका कारण असार १ गतेबाट घट्दै गएको मनाङको पर्यटक अक्टोबर महिना लागेसँगै दैनिक एक हजारभन्दा बढी भित्रिन थालेको छ, जुन हालसम्मकै उच्च दर हो । उहाँले भन्नुभयो, ‘‘पर्यटक आगमनको दृष्टिकोणले इजरायल, चीन र भारत शीर्ष तीन मुलुकहरू रहेका छन्, जसले अन्नपूर्ण सर्किटको अन्तर्राष्ट्रिय लोकप्रियता र आकर्षणलाई पुनः पुष्टि गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ, जसले (एक्याप) मनाङ तथा सम्पूर्ण पदयात्रा समुदायका लागि एक ऐतिहासिक उपलब्धीको सङ्केत गर्दछ ।’’

यस वर्षको पर्यटक चापले पदयात्रा पूर्वाधार, स्थानीय सेवा तथा व्यवस्थापन प्रणालीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । साथै पर्यटकहरूको विविधता र सहभागिताले स्थानीय संस्कृति, वातावरणीय संरक्षण, तथा आर्थिक सशक्तीकरणमा समेत योगदान पु¥याउने एक्यापले विश्वास लिएको छ । एक्याप मनाङले पदयात्रा मार्गहरूको संरक्षण, व्यवस्थापन तथा प्रवर्धनमा निरन्तर कार्य गरिरहेको र यो वृद्धि त्यसको सफलताको प्रमाण भएको जनाएको छ ।

मनाङको हिमाली भौगोलिक स्वरुप, अन्नपूर्ण पदयात्रा मार्ग, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू र प्राकृतिक सौन्दर्यका कारण वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । मौसम अनुकूल हुँदा यो क्षेत्र विदेशी पर्यटकको मुख्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।

एक्यापका अनुसार पर्यटक आगमनको प्रमुख सिजन असोजदेखि मङ्सिर र फागुनदेखि वैशाख महिनासम्म रहन्छ । पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न स्थानीय व्यवसायीले पनि यो वृद्धिलाई सकारात्मक सङ्केतका रूपमा लिएका छन् । स्थानीय पर्यटन व्यवसायीका अनुसार सरकारले पूर्वाधार, सुरक्षा र सहजीकरणमा ध्यान पुर्‍याए अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिनेछ ।

पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज मनसुन समाप्ति भएसँगै निकै चहलपहल बढ्दै गएको छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि अफसिजन मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङ खण्डमा अहिले दैनिक हजार बढीको हाराहारीमा विदेशी पर्यटक भित्रने गरेका छन् । होटलहरु पनि भरिभराउ भएको स्थानीय होटल व्यवसायी फुर्वा लामाले बताउनुभयो । त्यसै गरी ह्याप्पी होमका सञ्चालक शेराप विष्टले पनि आफ्नो होटलमा विदेशी पाहुना भरिभराउ भएको बताउनुभयो ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.