Alag Dhar

अस्थायी र करार सेवाका कर्मचारी हटाउँदै पालिका

मकवानपुर । धनकुटाका दुई पालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको छ । महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेका हुन् ।

महालक्ष्मी नगरपालिकाले शुक्रबार र छथरजोरपाटी गाउँपालिकाले विज्ञप्ति निकाल्दै कर्मचारी हटाउने निर्णय गरेको जनाएका छन् । छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार कार्य सम्झौता खारेज भएको छ ।

त्यस्तै, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार आउँदो कात्तिक १ गतेदेखि सम्झौता खारेज हुने जनाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ मा “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने” निर्देशन जारी गरेको थियो । महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले पालिकाको स्रोतबाट सेवा सुविधा वितरण गरिएका कर्मचारीलाई सङ्घीय सरकारको आदेशअनुसार सम्झौता रद्द गरिएको जानकारी दिनुभयो ।

शिक्षा र स्वास्थ्यतर्फका गरी करिब २५ कर्मचारी हटाइएको उहाँको भनाइ छ । पछि संस्था बन्द हुने अबस्था आएमा र कर्मचारीको माग भएमा केन्द्र सरकारसँग समन्वय गरी व्यवस्था गरिने उहाँको भनाइ छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार अस्थायी र करार सेवाका सबै नियुक्ति र सम्झौता खारेज गरिएको छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर घिमिरेले बताउनुभयो ।

केन्द्रको निर्देशनअनुसार गाउँपालिकाले हालसम्म दरबन्दी बाहिर अस्थायी रूपमा नियुक्त भएका र करार सेवामा कार्यरत सबै कर्मचारीको सम्झौता मङ्गलबारदेखि लागु हुनेगरी खारेज गरिएको घिमिरेको भनाइ छ ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.