Alag Dhar

एमाले सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तय हुनसक्ने

मकवानपुर । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु भक्तपुरमा सुरु भएको बैठकमा आज सचिवालका बाँकी सदस्यहरूले धारणा राख्नु हुने छ ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार आजको बैठकमा बोल्न बाँकी रहनुभएका सचिवालय सदस्यहरुले धारणा राख्नुहुने छ । यसअघि शुक्रबार बसेको बैठकमा अध्यक्षसहित ९ जना सदस्यहरूले धारणा राख्नुभएको थियो ।

आजको बैठकमा नेताहरूले धारणा राख्नेक्रम सकिएपछि बैठकले ठोस निर्णय गर्ने उपाध्यक्ष शाक्यले बताउनुभयो । उहाँका अनुसार आजको बैठकले पार्टीको महाधिवेशन र त्यसको मिति तय गर्ने विषयमा निर्णय गर्न सक्ने सम्भावना छ । जेनजी आन्दोलनपछि फेरिएको नेपाली राजनीतिक परिदृष्यका कारण दलहरूमा नयाँ नेतृत्वको बहस सुरु भएको छ ।

अध्यक्ष अ‍ोलीमाथि नेतृत्व हस्तान्तरणको चौतर्फी दवाव भएपछि महाधिवेशनको मिति तय गरेर महाधिवेशनबाटै नेतृत्व छिनोफानो गर्ने तयारीमा एमाले रहेको छ । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार रहेको थियो ।

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार भदौ २७ गते गठन भएपछि सोही दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

मुख्य समाचार

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.