Alag Dhar

किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा किशोर पक्राउ

मकवानपुर । बैतडीको पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहारलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार लुहारलाई आइतबार पक्राउ गरिएको हो । १९ वर्षीया एक किशोरीमाथि जबरजस्तीकरणी गरेको उजुरी परेपछि अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पीडित किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी थिइन् । सो जाहेरीका आधारमा लुहारलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान अघि बढाइएको निरीक्षक पाण्डेयले बताउनुभयो ।

प्रहरीका अनुसार घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ । जिल्ला अदालतबाट लुहारमाथि आठ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.