Alag Dhar

छठ पर्व नजिकिँदै गर्दा बाँसका सामग्री बनाउन व्यस्त डोम समुदायका नागरिक

मकवानपुर ।तराई–मधेशका जिल्लाहरूमा सूर्य उपासना पर्व छठ नजिकिँदै गर्दा समुदायका नागरिक अहिले बाँसका सामग्री बनाउन काममा व्यस्त देखिएका छन् ।

छठ पर्वमा विशेषगरी बाँसबाट बनेका सामग्रीको प्रयोग हुनेहुँदा बजारमा माग बढेसँगै यति बेला डोम समुदायका महिला तथा पुरुष बाँसका सामग्री बनाउन व्यस्त भएका हुन् ।

प्रत्येव वर्षको छठमा प्रयोग हुने बाँसको सुपा, डलिया, टोकरीलगायतका सामग्री नयाँ प्रयोग गर्नुपर्ने परम्परा अनुसार बाँसका सामग्रीको माग बढ्दै गएपछि धनुषा, सिरहा, महोत्तरी, सप्तरी र रौतहटलगायतका जिल्ला अहिले बाँसका विभिन्न सामग्री बनाएको देख्न सकिन्छ । जनकपुरधाम उपमहानगरपालिका–६ की ४० वर्षीया दुलारी देवी मल्लिक भन्नुहुन्छ, “मिथिला क्षेत्रमा मनाइने छठ, चौरचन तथा बर्साइन पर्व आउँदा बाँका सामग्री बनाउने चटारो हुन्छ ।’’

उहाँका अनुसार छठ पर्वले उनीहरूको वर्षकै सबैभन्दा व्यस्त समय ल्याउँछ । छठमा प्रयोग हुने सबै पूजा सामग्रीमध्ये बाँसका वस्तु अनिवार्य रूपमा प्रयोग हुन्छन् । प्रसाद राख्ने, जलाशय किनारमा पूजा गर्ने र सूर्यलाई अर्घ दिने क्रममा बाँसका डालो, सुपा र टोकरीको प्रयोग गरिन्छ । जुन धार्मिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ ।

यस्तै, जनकपुरधाम–७ की निललम देवीका अनुसार छठ पर्वकै समयमा उहाँहरूको परिवारको मुख्य आम्दानी हुने गर्छ । “यो समयमा महिनामा १५ देखि २० हजारसम्म कमाइ हुन्छ,” उहाँ भन्नुहुन्छ, “अरू महिनामा काम घट्छ, तर छठले हामीलाई बाँच्ने आधार दिन्छ ।”

तर धार्मीक, सांस्कृतिक तथा पर्यावारणमैत्री बाँसका सामग्री बाँसका सामग्री बनाउने परम्परागत सीपलाई थप आधनुनिकतासँग नजोडिदा उक्त सीप सङ्कटमा परेको ति समुदायको गुनासो छ ।

नयाँ पुस्ता यो पेशातिर आकर्षित नभएको र बजारमा सस्तो प्लास्टिकका सामग्रीले प्रतिस्पर्धा समेत बढाएको छ । ठुला सहरतिर बाँसबाट बनाइने आर्षक सामग्री ठुला होटल तथा मलहरुमा बिक्री वितरण हुने गरेका छन्, तर परम्परागत रुपमै ति सामग्री बनाउँदै आएका तराई मधेशका ती समुदायका नागरिकलाई पनि थप ज्ञान तथा सीपको आवश्यकता छ, जसले परम्परागत सीपलाई अझै मजबुत बनाउँदै लैजाने छ र भावी पुस्ताले पनि यो सीपलाई अंगाल्न रुचाउने छन् ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.