Alag Dhar

विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा : आइडिएफ

मकवानपुर । इसराइली डिफेन्स फोर्स (आइडिएफ) ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको गरेको छ।

केहीबेर अघि विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यो जानकारी दिएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।

आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो, राजदूत धनप्रसाद पण्डितले सेतोपाटीसँग भने, परिवारकै सामु आइडिएफले यो जानकारी दिएको छ।

राजदुत पण्डितका अनुसार इसरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले जिवित बन्धकहरुलाई केहीबेरमा छोड्ने जानकारी दिएका छन। मृतक मध्ये केहीको शव भेटिएको छैन।

भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुश्पा अमेरिकाबाट जोडिएका थिए। परिवारका सदस्य किशोर जोशी, राजदुत पण्डितत र इसराइली डिफेन्स फोर्सका अधिकारी उक्त भिडिओ कुराकानीमा सहभागी थिए।

परराष्ट्र मन्त्रालयले भने इसरायलको आइडिएफले पनि आकलन मात्र गरेको हुन सक्ने बताएको छ। आइडिएफको पनि आकलन मात्र हो।

अझै यो मान्छे, त्यो मान्छे भन्ने अवस्था छैन, विगतमा आइडिएफले भनेका मानिसहरुबारे पनि फरक विवरण आएको थियो, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, अन्तिम घडीसम्म हामी उहाँ सकुशल रिहा हुनुहुन्छ भन्नेमा उत्साही र आशावादी छौं।

मुख्य समाचार

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.