Alag Dhar

ओखलढुङ्गामा एकल महिला मृत फेला, हत्या भएको आशङ्का

मकवानपुर । ओखलढुङ्गामा एकल महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कट्वाल कार्की सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला पर्नुभएको हो । घरमा एक्लै बस्दै आउनु भएकी कार्कीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार मृतकको श्रीमानको केही वर्षअघि निधन भएको थियो । शव भेटिएको स्थान र अवस्थाले घटना शङ्कास्पद देखिएको छ, त्यसैले थप प्रमाण सङ्कलनका लागि तालिम प्राप्त कुकुर (केनाइन) माग गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

स्थानीयले असोज २७ गते बिहान घरमा कार्की मृत अवस्थामा फेला परेको खबर प्रहरीलाई दिएका थिए । त्यसपछि घटनास्थल पुगेर प्रहरीले शव नउठाई प्रारम्भिक अनुसन्धान थालेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय धरानस्थित केनाइन शाखाबाट तालिम प्राप्त कुकुर झिकाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनालाई हत्या हुनसक्ने आशङ्कामा लिएर प्रमाण सङ्कलन र अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.