Alag Dhar

सर्लाहीमा धमाधम मतदाता नामावली सङ्कलन हुँदै

मकवानपुर । जिल्ला निर्वाचन कार्यालय सर्लाहीले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन कार्य धमाधम भइरहेको हो । यसअघि निर्वाचनको मिति घोषणा भएपश्चात मतदाता नामावली सङ्कलन कार्य स्थगित हुने व्यवस्था थियो ।

यो पटक भने सरकारले मतदानका लागि योग्य जेनजी पुस्तालाई समेत मताधिकार प्रयोग गर्न पाउने गरी अध्यादेश ल्याएर मतदाता नामावली सङ्कलन कार्य अघि बढाएको हो । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जानकारी दिनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले असोज ८ गते मतदाता नामावलीसम्वन्धी अध्यादेश जारी गरेपछि असोज ९ गतेदेखि देशैभर मतदाता नामावली सङ्कलन कार्य सुरु भएको थियो । सर्लाहीमा भने असोज १२ गतेदेखि मात्रै सेवाग्राही आउन थालेका र सोही दिनदेखि मतदाता नामावली सङ्कलन कार्य अघि बढेको जिल्ला निर्वाचन अधिकारी साहले बताउनुभयो। उहाँका अनुसार असोज १२ गते १०६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । असोज १३ गतेपछि भने दशैँ बिदा सुरु भयो ।

मन्त्रीपरिषद्को बैठकले बाढीग्रस्त जिल्लाहरुमा असोज १९ र २० गते सार्वजनिक बिदा दिएपछि मतदाता नामावली सङ्कलन हुन पाएन । असोज २१ गते १३५ जना, असोज २२ गते ९० जना, असोज २३ गते ११८ जना, असोज २४ गते ९८ जना र असोज २६ गते १७७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

१६ वर्ष पूरा भएका र नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने तर फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका व्यक्तिले मात्रै मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी साहले प्रष्ट पार्नुभएको छ । निर्वाचन आयोगले यो पटक जुनसुकै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगले तत्कालका लागि जिल्ला निर्वाचन कार्यालयबाट मात्रै मतदाता नामावली दर्ताको काम गर्नु भनी परिपत्र गरेकाले सर्लाहीमा सदरमुकाम मलङ्गवास्थित जिल्ला निर्वाचन कार्यालयबाट मात्रै नामावली दर्ता तथा अद्यावधिकको काम भइरहेको कार्यालयले जनाएको छ ।

जिल्लाभरका नागरिकलाई मतदाता नामावलीका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला निर्वाचन कार्यालयमै पुग्नुपर्दा भने सास्ती भएको छ । जिल्ला निर्वाचन अधिकारी साहले इलाका प्रशासन कार्यालयहरुबाट समेत नामावली सङ्कलनका लागि आयोगमा पहल गरेपनि तत्काल जिल्लास्थित कार्यालयबाट मात्रै काम गर्नु भनी निर्देशन आएको बताउनुभयो ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.