Alag Dhar

खोल्सामा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

death

मकवानपुर । पाँचथरको फिदिम नगरपालिका १३ मा मोटरसाइकल खोल्सामा खस्दा चालकको निधन भएको छ । फिदिम नगरपालिका–१३ का ४२ वर्षीय हर्क राईको मङ्गलबार बिहान निधन भएको हो ।

गाउँबाट दुध सङ्कलन गरेर फिदिम १३ जेभालेको डेरीतर्फ फर्कदै गर्दा राईले चलाएको मोटरसाइकल स्थानीय सेतापानी खोल्सामा खसेको थियो ।

केही दिनअघि पहिरोले क्षति भएर मर्मत भइनसकेको सडकबाट दुध ओसार्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले दुर्घटनाको खबर सुन्नासाथ त्यसतर्फ प्रहरी परिचालन गरी मुचुल्का बनाएर राईलाई पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको बताउनुभयो । बाढी र पहिरोका कारण पाँचथरका ग्रामीण सडक क्षति हुँदा दुर्घटना बढेका छन् ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.