Alag Dhar

मर्मत हुन नसक्दा जोखिम बन्दै हेटौँडाको राप्ती पुल

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडाको राप्ती खोलामा बनेको राप्ती पुल मर्मतसम्भार अभावले जोखिमयुक्त बन्दै गएको हो । वर्षामा राप्तीखोलामा आएको बाढीले पिल्लरमा धक्का पु-याउँदा भित्रका फलाम देखिएका छन् । २१० मिटर लम्बाइ रहेको उक्त पुलमा सात वटा पिल्लर छन् । चार वटा पिल्लरको बाहिरी भागको सिमेन्टमा क्षति पुगेको छ ।

“सडक डिभिजन हेटौँडा मकवानपुरका सूचना अधिकारी इन्जिनियर यादव सुवेदीले पुलको मर्मत गर्ने बेला भएको बताएका छन,” सूचना अधिकारी सुवेदीले भने, “पुलको अधिकांश पिल्लरको तल्लो भागमा फलामका रड देखिन थालेका छन्, त्यसको मर्मतसम्भार गर्ने तयारी भइरहेको छ । सम्बन्धित विज्ञबाट पुलको स्थलगत अध्ययन गराएर अनि विज्ञहरूकै सुझाव अनुसार मर्मत गर्ने तयारीमा लागेका छौँ ।” फलाम देखिएका पिल्लरमा फर्मा ठोकेर सिमेन्टको ज्याकेटिङ गरेपछि पिल्लर सुरक्षित रहने उनको भनाइ छ । सिमेन्ट, बालुवा र रड प्रयोग गरेर बनाइएको पुलको आयु कम्तीमा ४० देखि ५० वर्ससम्मको हुने सडक विभाग काठमाडौँका सूचना अधिकारी शुभाञ्जन दाहालले जानकारी दिए । पुल निर्माणमा प्रयोग हुने सिमेन्टको आयु भने ठ्याक्कै भन्न नसकिने उनले बताए ।

सडक विभाग र काठमाडौँस्थित यातायात मन्त्रालयले बेलैमा जीर्ण बन्दै गएको राप्ती पुलको जगमा रड हालेर मर्मतसम्भार नगरे ठुलो क्षति बेहोर्नुपर्ने हुन सक्ने हेटौँडा–११ का स्थानीय सिद्धिलाल श्रेष्ठको भनाइ छ । राप्ती पुल हेटौँडा मकवानपुरको मात्रै नभई देशकै मेरुदण्ड भएकाले यो भाँचिए ठुलो क्षति हुने उनको भनाइ छ । २०३९ सालमा निर्माण भएको पुलमा सुरुवाती समयमा हेभी ट्रक स्वीकृति नदिए पनि हाल रक्सौल–काठमाडौँ ४५-५० टनसम्मको सवारी पुलबाट प्रवेश गर्दा पुल थर्कने गरेको स्थानीयको भनाइ छ । राप्ती पुल भएर दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्छन् । ४३ वर्षअघि भारतीय कम्पनीले पुल निर्माण गरेको हो ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.