Alag Dhar

सरकारले लोकतन्त्र र सुशासनमाथि गम्भीर प्रहार गर्‍यो : डा. राजन भट्टराई

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले सरकारले चालेको पछिल्लो राजनीतिक कदमले संविधानको मूल भावना नै कमजोर पारिएको आरोप लगाएका छन् ।

मकवानपुरमा शनिबार आयोजित जनसभामा बोल्दै उनले प्रतिनिधिसभा विघटन गरिएको प्रक्रिया संवैधानिक मापदण्ड र राजनैतिक नैतिकतादुवैसँग मेल नखाने दाबी गरे।
उनले प्रधानमन्त्री सुशीला कार्की स्वयं निर्वाचित प्रतिनिधि नभएको र संसद् विघटन गर्ने अधिकार संविधानले नदिएको उल्लेख गर्दै, “कुन आधारमा संसद् विघटन गरियो भन्ने प्रश्न देशले जवाफ खोजिरहेको छ,” भने।
संविधान ‘च्यातिने’ प्रवृत्तिलाई रोक्न संसद् पुनःस्थापना अपरिहार्य रहेको भट्टराईले बताए। उनले जनताको लामो संघर्षबाट जन्मिएको संविधानमाथि खेलबाड गर्न नदिने एमालेको अडान स्पष्ट गरे।
यसैगरी निष्पक्ष र धाँधलीरहित निर्वाचन लोकतन्त्रको आधारभूत मान्यता भए पनि सरकारले त्यसतर्फ गम्भीर ध्यान नदिएको भट्टराईको आरोप छ।
उनका अनुसार, “फरार कैदीहरू खुलेआम छन्, लुटिएका हातहतियार बेपत्ता छन् , प्रहरी संगठनको मनोबल कमजोर छ—यस्ता अवस्थामा निष्पक्ष निर्वाचन सम्भव छैन।”
यस्तै ठूला दलका नेताहरूलाई ‘एरिया नजरबन्द’ राख्ने सरकारी शैली चुनावपूर्व नै भय सिर्जना गर्ने कार्य भएको उनको टिप्पणी थियो।
एमाले राष्ट्रियता, सुशासन र देशभक्तिको पहिचान भएको दल भएको दाबी गर्दै उनले भदौ २३–२४ मा पार्टीविरुद्ध षड्यन्त्र रचिएको आरोप पुनः दोहोर्याए।
जेन–जेड युवाले उठाएको भ्रष्टाचारविरोधी अभियानलाई एमालेले समर्थन गरेको बताउँदै, “हामीले भ्रष्टाचारका आरोप लाग्नेबित्तिकै आफ्ना नेतालाई निलम्बन गर्ने परम्परा बनाएका छौँ,” उनले भने। कृत्रिम कथ्य बनाएर एमालेको सुशासनप्रतिको प्रतिबद्धतामा भ्रम फैलाउन नदिन उनले चेतावनी पनि दिए।।

त्यसैगरी जनसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य महेश बर्तौलाले संसद् पुर्नस्थापनाबाट नै जेनजी युवाको सुशासनको मागलाई पुरा गर्न सकिने बताएका छन् । देश अहिले अवैध सरकारबाट अलोकतान्त्रिक मार्गमा चलिरहेकोे उनको धारणा थियो। केन्द्रिय सदस्य बर्तौलाले संसद् पुर्नस्थापना गरी जेनजी युवा पुस्ताको समेत सहभागितामा अन्तरिम सरकार गठन गरी अर्ली इलेक्सनमा जानुपर्ने बताए । वैधानिक सरकारले मात्र देशलाई संवैधानिक ट्रयाकमा अगाडि बढाउन सक्ने उनको भनाई थियो । एमालेका नेता जोडिएका भ्रष्टचारका फाइलहरु भए सुरु मै त्यही फाइलको संवैधानिक प्रक्रिया अनुसार अनुसन्धान गर्न समेत उनले सरकारलाई चुनौती दिए ।
केन्द्रिय सदस्य बर्तौलाले नेकपा एमाले विरुद्ध सम्पूर्ण शक्तिहरु एकजुट भएको बताउदै एमाले एक्लै परे पनि राष्ट्रियताप्रतिको अडान नछाड्ने उनले दाबी गरे ।

जनसभामा केन्द्रिय सदस्य एवम् मकवानपुरका इन्चार्ज रामेश्वर राना, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा लगायतको आतिथ्यता रहेको थियो । एमालेले २ हजार भन्दा धेरैको संख्यामा मोटरसाइकल एकत्रित गरी मोटरसाइकल ¥याली समेत निकालेको थियो । हुप्राचौरबाट सुरु भएको ¥याली हेटौंडा बजार परिक्रम गर्दै पुनःहुप्राचौर पुगेर समापन भएको हो ।

¥यालीलाई व्यवस्थित गर्नका लागि जिल्ला सदस्य तथा युवा इन्चार्ज सानु लामाको संयोजकत्वमा १ सय जनाभन्दा बढी युवाहरुको स्वयम्सेवक दस्ता परिचालन गरिएको थियो ।

मोटरसाइकल ¥यालीलाई एकत्रित गरी व्यवस्थापन गर्न हेटौँडाबाट पश्चिमतर्फ सचिवालय सदस्य हेमलाल उप्रेतीको संयोजन, उत्तरतर्फ सचिवालय सदस्य मेम्बर लोको संयोजन, पूर्वतर्फ सचिवालय सदस्य अनिल बानियाको संयोजन र बजार क्षेत्रमा उपसचिव फुर्वा दोर्जे लामाको संयोजन रहेको थियो ।

 

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.