Alag Dhar

खर काट्न व्यस्त महिला

मकवानपुर । पहाडी जिल्लाको ग्रामीण भेगका महिला खर काट्नमा निकै व्यस्त छन्। घर गोठ छाउनुका साथै गाईवस्तुका लागि दसैँ अघिदेखि खर काट्न ग्रामीण भेगका महिला निकै व्यस्त रहेका छन्। छिमेकी सबै मिलेर खर काट्ने र त्यसलाई टौवा बनाएर स्यार्ने गर्छन्। विशेषगरी महिला सबै मिलेर खर काट्ने गर्छन्।

बिहानमा आफ्नो घरको काम गर्ने र दिनभरी सबै मिलेर एकअर्काको भीरपाखामा रहेको खर काट्ने अनि साँझ मात्र घरमा फर्किने चलन ग्रामीण भेगमा अझै छ। सुख, दुःखका कुरा गर्दै छिमेकी दिदीबहिनी खर काट्नमा निकै व्यस्त देखिन्छन्। अहिले काटेर राखेको खरले घर गोठ छाउनुका साथै हिउँद र वर्षाको समयमा गाईवस्तुलाई खुवाउन निकै सजिलो हुने गरेको छ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–२, दर्लिङ्गकी विष्णु विश्वकर्माले तिहारपछि मात्र खर काटेको सुनाउनुभयो। उहाँले आफ्नै खरबारीमा रहेको खर छिमेकी दिदीबहिनी मिलेर काट्दै आएको बताउनुभयो। अहिले काटेर राखेपछि हिउँदमा गाईवस्तुलाई खुवाउन र गोठ छाउन सजिलो हुने भन्दै विष्णुले आफूले भैंसी, बाख्रा पालेको सुनाउनुभयो।

कसैले खर काटेर बिक्री समेत गर्ने अनि घर खर्च समेत चलाउँदै आउनुभएको विष्णुले बताउनुभयो। ग्रामीण भेगका महिला खर काट्न अप्ठ्यारा भीर पाखामा पुग्ने गर्दा कसैले ज्यान समेत गुमाउनु भएको छ।

त्यसैगरी मदाने गाउँपालिका वडा नम्बर–१, अग्लुङ्गकी सावित्रा सुनार खर काट्न निकै व्यस्त हुनुहुन्छ। उहाँले दसैँ अघिदेखि नै आफ्नो खरबारीसँगै बाहिर अन्य छिमेकीको खरबारीमा पनि खर काट्नुभयो। बिहानै घरबाट कामको लागि निसक्ने गरेको भन्दै उहाँले खाजा खाना समेत बोकेर खरबारी पाखा पखेरामा खर काट्न पुगेको सुनाउनुभयो। खर काटेर नै घर खर्चको जोहो गरेको सावित्राको भनाइ छ।

महेन्द्र जिसीको परिवार पनि अहिले खरसँगै बारीमा रहेको कोदो काट्न निकै व्यस्त देखिन्छ। छिमेकी मिलेर सबै काम गर्दै आएको उहाँ सुनाउनुहुन्छ। खर काटेर घरसम्म ल्याएर स्यार्दासम्म छिमेकीको सहयोग आवश्यक पर्ने उहाँको भनाइ छ। भीरपाखामा काटेको खर ल्याउन पुरुषले पनि सहयोग गर्छन् ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.