Alag Dhar

भारतमा दूधको मूल्य बढेपछि मकवानपुरका किसानले पाए बजार

हेटौंडा । भारतमा दूधको मूल्य बढेपछि मकवानपुरका दुग्ध उत्पादक किसानले आफ्नो उत्पादनको बजार पाएका छन् । विगतमा भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा ठूलो परिमाणमा भारतबाट अवैध रूपमा मकवानपुरमा दूध भित्रिने गरेकाले स्थानीय किसानले उत्पादन बिक्री गर्न कठिनाइ भोग्दै आएका थिए । तर यस वर्ष भारतमा दूधको मूल्य नेपाली दूधसरह पुगेपछि अवस्था उल्टिएको छ ।

अघिल्ला वर्षहरूमा यही मौसममा भारतबाट अवैध रूपमा दूध भित्रिँदा मकवानपुरसहित बागमती प्रदेशका किसानले उत्पादन खपत गर्न नसकेर प्रशोधन उद्योगमा पठाउन बाध्य हुन्थे । कतिपय अवस्थामा दूध बिक्री नभएपछि ‘मिल्क होलिडे’ समेत गर्नुपरेको थियो । तर यस वर्ष भारतमा दूधको मूल्य बढेपछि भारतीय दूध नेपाल भित्रिन बन्द भएको छ भने सीमावर्ती क्षेत्रबाट नेपाली दूध लुकिछिपी भारततर्फ जान थालेको छ । यसले मकवानपुरका किसानलाई प्रत्यक्ष लाभ पुगेको छ ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार हाल भारतमा दूधको मूल्य नेपालको भन्दा करिब ४६ पैसा मात्र बढी छ । “ढुवानी खर्च जोड्दा भारतीय दूध नेपालमा महँगो पर्छ, त्यसैले यस वर्ष भारतबाट दूध आएको छैन । बरु यहाँको दूध सीमाबाट भारततर्फ गएको सूचना आएको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार समयमै भुक्तानी नपाउँदा केही किसानले पशुपालनप्रति रुचि घटाएकाले उत्पादनमा भने सामान्य गिरावट आएको छ । यकिन तथ्याङ्क नभए पनि हाल दैनिक करिब ४५ लाख लिटर दूध उत्पादन भइरहेको र यो गत वर्षको तुलनामा करिब एक लाख लिटरले कम भएको अनुमान छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले भारततर्फबाट दूध नआएकै कारण मकवानपुर र आसपासका जिल्लामा उत्पादित दूधले सहज रूपमा बजार पाएको बताउनुभयो । “मङ्सिर, पुस र माघमा दूधको खपत घट्ने भएकाले व्यवस्थापन जटिल हुन्छ । तर भारतबाट दूध नआउँदा यस वर्ष हामीलाई राहत भएको छ,” उहाँले भन्नुभयो । विगतका वर्षमा मिल्क होलिडेसम्म गर्नुपरेको स्मरण गर्दै उहाँले अहिले उत्पादन भएको दूध सहजै खपत भइरहेको बताउनुभयो ।

दूध बिक्री नभएपछि प्रशोधनका लागि जाने प्रमुख उद्योग चितवन मिल्कमा समेत यस वर्ष चाप कम देखिएको छ । चितवन मिल्कका प्रबन्धक दुर्गाप्रसाद पराजुलीका अनुसार विगतमा तीन दिनसम्म कन्टेनर लाइन लाग्ने अवस्था रहे पनि यस वर्ष त्यस्तो समस्या छैन । गत वर्ष दैनिक करिब दुई लाख लिटर दूध प्रशोधनका लागि आउने गरेकामा यस वर्ष ७० हजार लिटर हाराहारी मात्रै आएको उहाँले जानकारी दिनुभयो ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.