Alag Dhar

सशस्त्र प्रहरीद्धारा ३२ लाखको अवैध सामान नियन्त्रण

मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सीमा सुरक्षा गूल्म मलंगवाको सक्रियता बढेसँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद हुने क्रम तीव्र भएको छ।

सशस्त्र प्रहरीले सर्लाहीको पर्सा–५ सीमाबाट भन्सार छली गरेर ल्याइएको करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ। भारतबाट अवैध रूपमा सामान ल्याइँदै गरेको सूचनाका आधारमा खटिएको टोलीले २ वटा पिकअप गाडी र ४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।

प्रस्तावित सीमा सुरक्षा गूल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा गएको टोलीले मोटरसाइकलमार्फत सीमाबाट ल्याइएको सामान २ वटा पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो। उक्त कारबाहीमा सशस्त्र प्रहरी र सर्लाही भन्सार कार्यालय को संयुक्त टोली सहभागी रहेको थियो।

बरामद गरिएको सामानमध्ये १,७८५ केजी भारतीय फूलको अनुमानित मूल्य ७ लाख १४ हजार रुपैयाँ रहेको छ भने भन्सार छलीको कपडाको मूल्य ८ लाख ८३ हजार ७५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। साथै नियन्त्रणमा लिइएका २ वटा पिकअप गाडी र ४ वटा मोटरसाइकलको अनुमानित मूल्य २४ लाख रुपैयाँ रहेको बताइएको छ।

बरामद गरिएको सबै सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको छ।

पछिल्लो समय सशस्त्र प्रहरीले सर्लाहीका सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाउँदै लगेको छ। सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रणमा समेत सशस्त्र प्रहरी सक्रिय रूपमा परिचालित भइरहेको जनाएको छ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.