Alag Dhar

पूर्वाधार अभावले सुनसान बन्दै पञ्चासे भञ्ज्याङ

स्याङ्जा । स्याङ्जा र कास्की जिल्लाको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासे भञ्ज्याङ पछिल्लो समय सुनसान बन्दै गएको छ । कुनै समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने यस क्षेत्रमा आवश्यक आवास तथा बसोबास संरचना भए पनि यातायात पहुँच र पूर्वाधार विकासको अभावका कारण सुनसान बन्दै गएको हो ।

पहिले करिब ५० घरधुरी रहेको यस क्षेत्रमा पर्यटक क्याम्पिङ गर्ने, होटलमा खाना खाने तथा हिमालको दृश्यावलोकन गर्ने चलन थियो । तर अहिले त्यो संख्या घटेर आठ घरधुरीमा सीमित भएको छ ।

धार्मिक विश्वासअनुसार पाँच पाण्डवले तपस्या गरेको स्थान मानिने यो स्थल समुद्री सतहबाट करिब २,४५० मिटर उचाइमा अवस्थित छ । यहाँबाट पोखरा बजार, माछापुच्छ्रे लगायत एक दर्जन हिमाल देख्न सकिन्छ । प्राकृतिक रूपमा समेत यो क्षेत्र अत्यन्तै आकर्षक मानिन्छ ।

व्यवसायी राम थापाका अनुसार शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत पूर्वाधारको अभाव नै पञ्चासे सुनसान बन्नुको मुख्य कारण हो । नजिक विद्यालय नहुनु, पर्यटकलाई बसोबास तथा खानाको खर्च महँगो पर्नु र सडक पहुँच सहज नहुनुजस्ता कारणले पर्यटक आगमन घट्दै गएको उहाँको भनाइ छ ।

सरकारले आवश्यक पूर्वाधार विकास गरे आफ्नै गाउँमै होटल तथा पर्यटन व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्न सकिने थापाले बताउनुभयो ।

आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार पहिले देश–विदेशका पर्यटक यहाँ क्याम्पिङ गर्न आउने, होटलमा बस्ने र खानपान गर्ने गर्दा गाउँको अर्थतन्त्र चलायमान थियो । तर दुई जिल्लाको सिमानामा पर्ने भएकाले बजेट विनियोजनमा समस्या हुँदा अहिले क्षेत्र नै ओझेलमा परेको उहाँले बताउनुभयो ।

स्थानीयका अनुसार बसाइँसराइ बढ्नुको मुख्य कारण पनि पूर्वाधार अभाव नै हो । पूर्वाधार नहुँदा पञ्चासे भञ्ज्याङजस्ता सम्भावनायुक्त पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् भने यसमा आश्रित व्यवसायहरू पनि प्रभावित भएका छन् ।

यस क्षेत्र नजिकै स्याङ्जाको सबैभन्दा उच्च स्थान पञ्चासे, पर्यटकीय गन्तव्य श्रवणकुमार दह, समाधि स्थल तथा पाण्डव गुफा रहेका छन् । पञ्चासे क्षेत्रमा १२ प्रकारका सुनाखरी र छत्रे उन्यूजस्ता वनस्पति पाइन्छन् ।

यस्ता पर्यटकीय क्षेत्रलाई पुनः चलायमान बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्दै आवश्यक पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.