Alag Dhar

बागमती गोल्डकपको उद्घाटन खेलमा आयोजक र बागमती युथ आमनेसामने

हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा यही बिहीबारबाट सुरु हुन लागेको आठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजानिक गरिएको छ । मंगलबार बागमती वडा नम्बर–४,स्थित झुरझुरेको खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको खेलतालिका सार्वजानिक गरिएको हो । प्रतियोगिताको उद्धाटन खेलमा सर्लाही जिल्लाको बागमती नगरपालिकाको बागमती युथ क्लब र आयोजक बागमती गाउँपालिकाले एक अर्काको सामना गर्नेछन् । खेल दिउँसो ३ बजेबाट सुरु हुने अयोजकले जनाएको छ ।

प्रतियोगितामा १० वटा टिमहरु त्रिभुवन आर्मी क्लब काठमाडौं, बाराको नव जनजागृती क्लब, विभागीय सशस्त्र प्रहरी बलको एपीएफ, चित्लाङ एफसी, ललितपुरको चर्च ब्वाइजल, ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले १० लाख रुपैयाँ र ५ लाख रुपैयाँसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन् । सातौं संस्करणको प्रतियोगिताको उपाधि चर्च ब्वाइजले जितेको थियो ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.