Alag Dhar

घट्याे शेयर बजार

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव २७ अङ्कले घटेर २ हजार ७३५ दशमलव १४ विन्दुमा झरेको छ ।

आज फाइनान्स बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक १ दशमलव ७७ प्रतिशतले ओरालो लागेको छ । आज २२२ वटा कम्पनीको शेयर घटेकामा ४२ वटाका बढेका छन् । यस्तै ६ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् ।

आज उपकार लघुवित्तको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ५ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३५६ वटा कम्पनीका ९२ लाख ३६ हजार कित्ता शेयर ४ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।

मुख्य समाचार

घट्याे शेयर बजार

घट्याे शेयर बजार

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव २७ अङ्कले घटेर २ ह...
बागमती गोल्डकपको उद्घाटन खेलमा आयोजक र बागमती युथ आमनेसामने

बागमती गोल्डकपको उद्घाटन खेलमा आयोजक र बागमती युथ आमनेसामने

हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा यही बिहीबारबाट सुरु हुन लागेको आठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको...
सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो

काठमाण्डौं । आज पनि सुनको भाउ घटेको छ । आज तोलामा ९०० रुपैयाँले घटेर सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचा...
अन्तर्राष्ट्रिय आइटी प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत

अन्तर्राष्ट्रिय आइटी प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत

काठमाण्डौं । विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबाष्टिक र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.