Alag Dhar

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो ।

बैठकमा मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका १२ वटा प्रस्ताव पेश गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च १ रुपैयाँ कायम गर्न प्रस्ताव दर्ता गराए ।

कृषि मन्त्रालयको बजेट कार्यान्वयनयोग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो । सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाडी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा सञ्चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भयो ।

शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले १ रुपैयाँ वा १०० रुपैयाँ कायम गर्न साङ्केतिक कटौती प्रस्ताव दर्ता गराए । यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने साङ्केतिक अभिव्यक्तिका रूपमा लिइन्छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुभएको हो । यसअघि प्रतिनिधिसभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने कार्यक्रम सम्पन्न भइसकेको छ ।

राष्ट्रियसभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ । बैठकमा आजै अर्थमन्त्री वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची छ ।

मुख्य समाचार

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक...
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिन...
बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट...
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.