Alag Dhar

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ।

प्रहरीका अनुसार राति करिब ११ बजेतिर अज्ञात व्यक्तिले घिमिरेमाथि खुकुरी प्रहार गरेका हुन्। आक्रमणबाट घिमिरेको टाउको र अनुहारमा गहिरो चोट लागेको छ।

घाइते घिमिरेलाई तत्काल उपचारका लागि हेटौंडाको सहकारी अस्पताल लगिएकोमा हाल उनी उपचाररत रहेका छन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ।

घटनापछि खुकुरी प्रहारमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनास्थल आसपासका व्यक्तिसँग सोधपुछ गर्नुका साथै उपलब्ध प्रमाण संकलन गरी आक्रमणकारीको पहिचान र पक्राउका लागि खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.