Alag Dhar

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार १० गते दिउँसो हेटौंडा–७ क्याम्पडाँडा नजिक सनगुड कोलोनी निवासी कृष्णप्रसाद गौतमको घरमा कोही नभएको अवस्थामा पूर्वतर्फको ढोका फुटाई चोरी भएको थियो। चोरीमा करिब एक तोला सुन, २५.५ तोला चाँदी १५ वटा चाँदीका सिक्का तथा नगद चार लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै जाँदा रामेछापको हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका–१५ फारलाइन बस्दै आएका २५ वर्षीय मनोज पुलामी मगरको डेरा पत्ता लगाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको कोठामा खानतलासी गर्दा चाँदीका सिक्का, नगद, गरगहना, सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना तथा अन्य सामान बरामद गरेको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका मगर यसअघि जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका व्यक्ति रहेको समेत खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई बरामद सामानसहित आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच प्रहरीले सर्वसाधारणलाई घरमा धेरै नगद तथा गरगहना नराख्न, घर छोड्दा छिमेकी वा आफन्तलाई जानकारी गराई आवश्यक निगरानीको व्यवस्था मिलाउन आग्रह गरेको छ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.